मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १४ सोमबार
  • Thursday, 19 December, 2024
२o७९ कार्तिक १४ सोमबार १o:२३:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

ब्रुनो भित्र्याउन ठूला क्लबको नजर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक १४ सोमबार १o:२३:oo

युवा मिडफिल्डर बु्रनो गुमारेजलाई भित्र्याउन स्पेनिस क्लब बार्सिलोना अगाडि देखिएको छ । इंग्लिस प्रिमियर लिग न्युक्यासलका प्रभावशाली मिडफिल्डर ब्रुनोलाई भित्र्याउन बार्सिलोना ढिला गर्न चाहँदैन । बार्सिलोनासँगै युरोपका अन्य ठूला क्लबले २४ वर्षीय ब्राजिलियन खेलाडीमाथि आँखा लगाउन सुरु गरेका छन् । यसै सिजन प्रिमियर लिगमा आएका ब्रुनोले उत्कृष्ट खेल पस्कँदा सबैको नजरमा आफूलाई उभ्याउन सफल भए । ब्रुनोको उत्कृष्ट प्रदर्शनमा न्युक्यासलले शीर्ष चारमा अन्य क्लबलाई चुनौती दिइरहेको छ ।

इंग्लिस क्लब म्यानचेस्टर सिटी तथा पोर्चुगिज मिडफिल्डर बर्नान्डो सिल्भा भित्र्याउन असफल भएपछि बार्सिलोनाको ध्यान ब्रुनोमाथि परेको छ । म्यानचेस्टरका मिडफिल्डर सिल्भा भित्र्याउन बार्सिलोनाले ६ महिना कसरत गरेको थियो । तर, सिटीले सिल्भाको मूल्य ८० मिलियन पाउन्ड राखेपछि बार्सिलोना पछाडि सरेको हो । प्रशिक्षक जाभी होर्नान्डेज ब्रुनो भित्र्याउन उभिएका छन् । 

यसैगरी, इंग्लिस क्लब चेल्सीसँगै स्पेनिस महारथी रियल म्याड्रिडसमेत दौडमा छ । बार्सिलोना, चेल्सी र म्याड्रिड ब्रुनोलाई भित्र्याउन ठूलो रकम खर्चन तयार रहेको एजेन्सीहरूले जनाएका छन् । 

स्थानान्तरण नहुने फ्यानको विश्वास
ब्रुनो गत जनवरीमा न्युक्यासल भित्रिएका थिए । लियोनबाट ४० मिलियन पाउन्डमा प्रिमियर लिग आएका ब्रुनोलाई युरोपका शीर्ष क्लब नै भित्र्याउन लागिपरेका छन् । तर, न्युक्यासल समर्थकले उनलाई क्लबले स्थानान्तरण गर्न नहुने आशा व्यक्त गरेका छन् । ‘यो विश्वकपको समय हो । यस समय देश र क्लब परिवर्तन गर्नु निकै ठुलो निर्णय हो,’ ब्रुनोले भनेका छन्, ‘मलाई लाग्छ, दुईमध्ये एक राम्रो गर्नैपर्छ । त्यसैले म खुसी छु । यो ठूलो फड्को पनि हो ।’ उनले सधैँ प्रिमियर लिग खेल्नु सपना भएको र क्लब परिवर्तन गर्न निकै कठिन भएको बताएका छन् ।