मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १२ शनिबार
  • Sunday, 05 January, 2025
२o७९ कार्तिक १२ शनिबार १९:२७:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

पर्यटकको पहिलाे रोजाइमा पाल्पाको तालपोखरा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक १२ शनिबार १९:२७:oo

पूर्वी पाल्पाको रामपुरमा रहेको तालपोखरा यतिवेला पाल्पा घुम्न जाने पर्यटकको आकर्षक गन्तव्य बनेको छ। 

बिदाको अवसरमा घुम्न जानेदेखि बाहिरी जिल्लाबाट शैक्षिक अवलोकन भ्रमणमा आउने जोकोहीको रोजाइमा पर्छ यो ताल। फेवा तालको झल्को मेटाउने तालपोखरा दुई दशकअगाडिसम्म सानो पोखरीमा सीमित थियो। 

अहिले तालपोखरालाई क्षेत्र विस्तार गरी कास्कीको फेवा तालको स्वरूप र शैलीमा पूर्वाधार निर्माण गरिएको छ। योसँगै तालपोखरामा जाने पर्यटकको वृद्धि हुन थालेको छ। 

तालपोखरालाई लुम्बिनी प्रदेश सरकारले एक सय पर्यटकीय गन्तव्यस्थलका रूपमा घोषणा गरेपछि यहाँ पर्यटकको चहलपहल अझ बढेको स्थानीयहरूको भनाइ छ। 

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरलेसमेत दाहिने परेको यस तालमा पाल्पासहित रुपन्देही, स्याङ्जा, तनहुँ, पूर्वी नवलपरासीलगायतका जिल्लाबाट अवलोकनको लागि पर्यटक आउने गरेको बताउँछन् आन्तरिक पर्यटक सागर भुसाल। 

उनले तालपोखराको अझै प्रचार हुन सके धेरै पर्यटक लोभ्याउने बताए। स्थानीय नगर सरकारले समेत पर्यटन प्रवर्द्धनका लागि डुंगा दौड प्रतियोगिता समय समयमा सञ्चालन गर्दै आएको छ। 

तीन वर्ष कोभिड १९ का कारण थला परेको पर्यटन व्यवसाय पछिल्लो समयमा सर्वसाधारणलाई खुला गरिएपछि आन्तरिक पर्यटकको मुख्य रोजाइमा तालपोखरा परेको व्यवस्थापन समितिका सचिव सुनिल देवकोटा बताए। 

तीन तहकै सरकार र पर्यटन बोर्डले समेत अबका दिनमा हातेमालो गरेर अगाडि बढेको खण्डमा विदेशी पर्यटकको अध्ययन र अवलोकनको मुख्य गन्तव्य तालपोखरा बन्ने सचिव सापकोटाको भनाइ छ।