१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १९:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

एमसिसी वुमन क्रिकेट टोलीको नेपाल टुर, क्यान ११ को दोस्रो जित                          

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १९:१o:oo

क्यान ११ महिला टोलीले नेपाल टुरमा आएको एमसिसी वुमन क्रिकेट टोलीलाई लगातार दोस्रो खेलमा पराजित गरेको छ। पोखरा रंगशालामा शनिबार भएको मैत्रीपूर्ण खेलमा क्यान ११ ले एमसिसीलाई २ विकेटले पराजित गरेको हो। 

यसअघि पोखरा रंगशालामा शुक्रबार सम्पन्न खेलमा समेत क्यान ११ ले २१ रनले एमसिसीलाई पराजित गरेको थियो। शनिबार भएको दोस्रो दिनको खेलमा क्यान ११ ले २ विकेटले एमसिसीलाई पराजित गरेको हो।  

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको एमसिसीले ४० ओभरमा ९ विकेटको क्षतिमा ११३ रनको योगफल तयार पारेको थियो। ११४ रनको लक्ष्यसहित जवाफी ब्याटिङका लागि मैदान उत्रेको  क्यान ११ ले ३४.४ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो।

एमसिसीका लागि जेनी हिटजिङजरले ५६ बलमा २ चौकासहित टोलीका लागि सर्वाधिक २१ रन जोडेको थिइन्। टोलीका लागि क्लेरी टेलरले २०, अमन्डा पटजिटरले १६, एलिसा हबर्डले १३ र अवी ह्वाईग्रोभले १० रन जोड्दा अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

यसैगरी, क्यान ११ का लागि खेलकी प्लेयर अफ द म्याचसमेत रहेकी नेरी थापाले सर्वाधिक ३३ रन जोडिन्। ४८ बलको सामना गरेकी थापाले ३ चौकासहित अविजित ३३ रन जोड्न सफल भएकी थिइन्। टोलीका लागि अश्मिना कर्माचार्यले अविजित १८, कविता कुँवरले १६ र रुबिना क्षेत्रीले १३ रन जोड्दा टोलीका अन्य खेलाडी दोहोरो अंकको योगफल तयार गर्न असफल रहे।
 

ad
ad