१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ८ मंगलबार o७:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

आजदेखि टुँडिखेलमा सीप मेला : दुई हजार ८१ जनालाई निःशुल्क ‘सीपमूलक तालिम’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार o७:४६:oo

काठमाडौं महानगरपालिकाले बुधबारदेखि एक महिनासम्म टुँडिखेलमा ‘सीप मेला– २०८१’ आयोजना गरेको छ । ‘शिक्षालाई सीपसँग’, ‘सीपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सीप नहुनेलाई सीपयुक्त बनाउन, सीप भएकालाई रोजगार तथा स्वरोजगार बनाउन, रोजगार तर सीप नभएकाहरूको व्यावसायिक स्तर वृद्धि गर्न मेला सञ्चालन गरिएको हो । 

सीप मेलामा दुई हजार ८१ जनालाई उच्च माग भएका पेसासँग सम्बन्धित नि:शुल्क तालिम पनि उपलब्ध गराइने महानगरले जनाएको छ । यसरी तालिम पाएका सबैलाई रोजगार, स्वरोजगार वा ओजेटी (अन द जब ट्रेनिङ) सुनिश्चित गरिएको छ । रोजगारदाता (सरकारी, गैरसरकारी, निजी, उद्योग तथा वाणिज्य क्षेत्र, दातृ निकाय), शैक्षिक क्षेत्र (विद्यालय, विश्वविद्यालय र तालिम प्रदायक संघसंस्था), सामाजिक क्षेत्र सबै एकै ठाउँ भेला भएर सञ्चालन हुने तालिम नतिजाका लागि उत्कृष्ट भएको भएको महानगरले जनाएको छ ।

‘बजारमा सीपयुक्त जनशक्तिको माग र आपूर्तिबीच ठूलो खाडल छ । एकातिर रोजगारदाताले सीपयुक्त जनशक्ति नपाएको र अर्कोतिर युवामा योग्यताअनुसारको रोजगार नपाएको गुनासो छ । 

ad
ad