१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १२ शनिबार
  • Sunday, 22 September, 2024
नयाँ पत्रिका क्यानबेरा
२o७९ कार्तिक १२ शनिबार १८:१७:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

सिरियामा अलपत्र परेका १७ अस्ट्रेलियाली महिला र बालबालिकाको उद्धार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, क्यानबेरा
नयाँ पत्रिका
२o७९ कार्तिक १२ शनिबार १८:१७:oo

इस्लामिक स्टेट (आइएस) को पतनपछि सिरियाली शिविरमा अलपत्र परेका १७ जना अस्ट्रेलियाली नागरिकलाई संघीय सरकारले स्वदेश फर्काएको छ। अस्ट्रेलियाका गृहमन्त्री क्लेयर ओनिलले शनिबार बिहान चार महिला र १३ बालबालिका सकुशल अस्ट्रेलिया आइपुगेको पुष्टि गरेका छन्।

आइएसमा सामेल भएका कट्टरपन्थी अस्ट्रेलियाली नागरिकका श्रीमती र छोराछोरी उत्तरपूर्वी सिरियाको अल होल र अल रोज शिविरमा बस्दै आएका थिए। ओनिलले एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय सुरक्षा सल्लाहअनुसार स्वदेश फर्काउने निर्णय गर्दा सुरक्षा, समुदाय र कल्याणकारी पक्षलाई ध्यानमा राखेर अलपत्र नागरिक स्वदेश फर्कने निर्णय गरिएको बताउनुभएको छ।

'राष्ट्रिय सुरक्षा निकायले विस्तृत काम गरेपछि ती महिला र उनीहरूका छोराछोरीलाई स्वदेश फर्काउने निर्णय व्यक्तिगत मूल्यांकनबाट गरिएको हो,' उनले भने।