१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ बैशाख २४ सोमबार १८:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

तिहार सुरु भएसँगै बढ्यो बजारमा चहलपहल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १८:o१:oo

तिहार सुरु भएसँगै काठमाडौंलगायत देशभरका बजारमा सामान किन्नेको भिड बढेको छ। तिहार लागेसँगै काठमाडौं उपत्यकाका मुख्य व्यापारिक क्षेत्रहरूमा सामान खरिद गर्ने उपभोक्ताहरूको भिड देखिएको हो। 

काठमाडौंको असन, इन्द्रचोक, नयाँ सडक, भोटाहिटीलगायतका क्षेत्रमा सर्वसाधारणको चाप उल्लेख्य छ। काठमाडौंका भित्री सहरका गल्लीमा समेत खाने मसलाका आकर्षक प्याकेटहरू सजाइएको छ। मखमली र सयपत्री फूलले राजधानीको बजार ढाकिएका देख्न सकिन्छ। बजार घुम्न जानेलाई समेत तिहारको रमझमले आकर्षित बनाएको देखिन्छ। तिहारमा प्रयोग हुने सामानहरूमध्ये झिलीमिली बत्ती, तामा र पित्तलका भाँडा, दियो, प्लास्टिकका मालाहरू, सप्तरंगी टीकालगायतका सामग्रीहरू यतिवेला बजारमा जहाँतहीँ बेच्न राखिएका छन्। 

विशेष गरी तिहारमा चाहिने सामान किनमेल गर्न मानिसहरू असन, भोटाहिटी, इन्द्रचोक, न्युरोडलगायतका ठाउँमा आउने भएकाले पनि त्यस क्षेत्रमा बढी भिड भएको हो। लक्ष्मी पूजाका लागि चाहिने माटाको पाला, बत्ती, सप्तरंगी टीका, कपडा, ढाकाटोपी र अन्य सामग्रीहरू किनमेल गर्नेको चहलपहल बजारमा जताततै देख्न सकिन्छ। त्यस्तै, भाइटीकाका लागि चाहिने सगुनहरूको पनि किनमेल बढेको छ। यी क्षेत्रलगायत उपत्यकाका अन्य क्षेत्र र देशभरका बजारहरूमा पनि तिहारमा चाहिने सामान किन्नेहरूको चहलपहल सुरु भएको पाइन्छ। 

ad
ad