१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक ४ शुक्रबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडौँ
२o७९ कार्तिक ४ शुक्रबार १९:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुध्रिँदै आयुर्वेद चिकित्सालय 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ कार्तिक ४ शुक्रबार १९:२५:oo

देशकै दोस्रो ठूलो आयुर्वेद चिकित्सालय नरदेवी विस्तारै पुरानै लयमा फर्किन थालेको छ। झन्डै १० वर्षसम्म नेतृत्वविहीन रहेको आयुर्वेदिक चिकित्सालयले अस्पतालको सेवामा सुधार ल्याएको हो। 

धन्वन्तरी दिवसको अवसर पारेर अस्पतालका सेवाहरुमा थप सुधारको योजना बनाइरहेको चिकित्सालयले सेवा विस्तार गरी १०० वटा शैयामार्फत् सेवा दिइरहेको छ। निःशुल्क औषधी र स्वास्थ्य सेवा दिँदै आएको चिकित्सालयले हाल १८ वटा क्याविन संचालन गर्दै आएको छ। 

कोभिड महामारीको समयमा उत्कृष्ट सेवा दिएको आयुर्वेद चिकित्सालयले विगत ३ वर्षदेखि विभिन्न सुधारका कामहरु गरेको छ। अस्पतालका स्वास्थ्य सेवा सुधारसँगै पार्किङ व्यवस्थापन, बिजुली तारको भूमिगत व्यवस्थापन, पानी व्यवस्थापन र ढल निकास, चिकित्सालयमा जडिबुटी उद्यान निर्माण जस्ता सुधारका कामहरु गरेको हो।