१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक ४ शुक्रबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक ४ शुक्रबार ११:२o:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

टिभिएसको एनटर्क १२५ रेस एक्सपी सार्वजनिक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक ४ शुक्रबार ११:२o:oo

टिभिएस मोटरको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपी सार्वजनिक गरेको छ । काठमाडौंमा भएको कार्यक्रममा टिभिएसका ब्रान्ड एम्बासडर स्वस्तिमा खड्का र प्रदीप खड्काले यो मोटरसाइकलको अनावरण तथा जगदम्बा मोटर्सका सिइओ दीपक अग्रवाल र भाइस प्रेसिडेन्ट दीपक रौनियारले कार्यक्रमको उद्घाटन गरेका हुन् । 

टिभिएसले स्कुटर उद्योगमै सबैभन्दा पहिलो भोइस–असिस्ट फिचर भएको स्कुटर ल्याएको दाबी गरेको छ । यसमा रहेको ‘स्मार्ट सोनेक्ट’ कनेक्टिभिटी प्ल्याट्फर्ममार्फत सञ्चालित भोइस–असिस्ट फिचरका कारण स्कुटरलाई टिभिएस कनेक्ट मोबाइल एपमार्फत सजिलै कनेक्ट गर्न सकिने कम्पनीले जनाएको छ । 

युवावर्गका लागि लक्षित गरेर डिजाइन गरिएको एनटर्क स्कुटरमा रहेको भ्वाइस असिस्टको सहायताबाट राइडरहरूले मोड चेन्ज, नाभिगेसन, कन्सोल ब्राइट्नेस अड्जस्टमेन्ट र डिएनडिलगायत अन्य थुप्रै कनेक्टिभिटी फङ्सनहरू सजिलै प्रयोग गर्न सक्ने कम्पनीको भनाइ छ । यसले गर्दा राइडरहरूले ड्राइभ गर्दा–गर्दै पनि कुनै पनि ब्लुटुथ कनेक्टेड डिभाइसमार्फत आवाजकै भरमा विभिन्न सेटिङहरू कन्ट्रोल गर्न सक्ने उल्लेख छ । त्यस्तै, यसमा पफमेन्स पारामिटरलाई ग्राफिकल्ली देखाइएको छ । यसमा नियमित आवतजावत गरिरहने रुटहरू सेभ पनि गर्न मिल्ने हुनाले यसको न्याभिगेसन झनै उपयोगी भएको कम्पनीको दाबी छ । यसमा समावेश गरिएको टिभिएस रेसिङ पेडिग्रीले स्कुटरलाई उच्चतम पफमेन्स प्रदान गर्ने जनाइएको छ । साथै, यसमा भएको रेस टनेल फुएल इन्जेक्सन (आरटी–एफआई) इन्जिनले ५५ सय आरपी टर्क प्रदान गर्ने उल्लेख छ ।  

मोटरसाइकल सार्वजनिक गर्ने कार्यक्रमसँगै जगदम्बा मोटर्सले ‘टिभिएस ग्रेट ग्र्यान्ड एक्सचेन्ज एन्ड फाइनान्स मेला पनि आयोजना गरेको छ । मेला काठमाडौंको भृकुटीमण्डपमा कात्तिक ५ सम्म चल्ने जनाइएको छ । मेलामा ग्राहकले कुनै पनि ब्रान्डका पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गर्दा आकर्षक छुट तथा उपहारहरू पाउने कम्पनीले जनाएको छ । 

मेलामा सहभागी हुने ग्राहकले आफ्नो पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गरेर टिभिएसको दुईपांग्र्रे सवारीसाधन लिँदा बजार मूल्यांकनभन्दा सात हजार रुपैयाँ बढी पाउने उल्लेख छ । साथै, नकिन्दै एक लाख र किन्दा १० लाखसम्मको नगद छुटको पनि व्यवस्था रहेको कम्पनीले जनाएको छ । योजनामा २५ प्रतिशत डाउन पेमेन्ट र चार हजार दुई सय ७७ रुपैयाँको मासिक इएमआईमा बाइक तथा स्कुटर लिन सकिने जनाइएको छ । यसबाहेक ग्राहकले हेलमेट, बाइक कभर र ब्यागजस्ता उपहार पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ । 

ad
ad
ad
ad