१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ कार्तिक ३ बिहीबार ०९:२५:००
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

रुसले कब्जा गरेको युक्रेनी भूभागमा सैनिक शासन

Read Time : < 1 मिनेट
२०७९ कार्तिक ३ बिहीबार ०९:२५:००

 रुसले युक्रेनको दोनेत्स्क, लुगान्स्क, खेर्सन र जापोरिजझिया क्षेत्रमा ‘मार्सल ल’ लागू गरेको घोषणा गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार यी चार क्षेत्रमा ‘मार्सल ल’ लागू गर्ने आदेशमा हस्ताक्षर गरेका छन् । पुटिनले टेलिभिजनमार्फत प्रसारण भएको राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा यसको जानकारी दिएका थिए । 

पुटिनको सम्बोधनपछि क्रेमलिनले एक निर्देशन जारी गर्दै बिहीबार बिहानदेखि सैनिक शासन लागू हुने जनाएको छ । मस्कोको कब्जामा रहेको क्षेत्रमा पछिल्लो समय युक्रेनी सेना अघि बढिरहेका सन्दर्भमा पुटिनको यो घोषणा आएको हो ।

पुटिनले युक्रेनले ‘आतंकवादी तरिका’ प्रयोग गरेको आरोप लगाउँदै भने, ‘उनीहरूले हाम्रो भूमिमा विध्वंसकारी समूहहरू पठाउने गरेका छन् ।