१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २ बुधबार
  • Wednesday, 26 June, 2024
२o७९ कार्तिक २ बुधबार १६:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

सेयर बजारकाे ओरालो यात्रा कायमै, १३ अंकले घट्यो नेप्से

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक २ बुधबार १६:५o:oo

नेप्से परिसूचक निरन्तर तेस्रो दिन पनि ओरालो लागेको छ। साताको पहिलो कारोबार दिनदेखि ओरालो लागेको नेप्से बुधबार नेप्से परिसूचक १२.८१ अंक घटेर एक हजार आठ सय ४५.५१ बिन्दुमा झरेको छ। त्यसैगरी, सेन्सेटिभ इन्डेक्स २.६६ अंक, फ्लोट इन्डेक्स ०.६५ अंक र सेन्सेटिभ इन्डेक्स ०.९३ अंकले घटेको छ।

बुधबार कारोबारमा आएका दुई सय १६ कम्पनीको २१ लाख ५१ हजार कित्ता सेयर ६४ करोड ३६ लाख ७ हजार रुपैयाँबराबरको खरिद–बिक्री भएको छ।

नेप्सेका १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढेको छ भने बाँकी उपसमूहको परिसूचक घटेको छ। जसमा होटेल तथा पर्यटन उपसमूहको परिसूचक १.५६ प्रतिशत बढेको छ भने म्युचुअल फन्डको ०.१८ प्रतिशत बढेको छ। यता वित्त उपसमूहको परिसूचक २.५४ प्रतिशत घटेको छ।

बुधबार तीनवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा अभियान लघुवित्त वित्तीय संस्था, सयपत्री हाइड्रोपावर र सिटिजन्स म्युचुअल फन्ड– २ को सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। 

त्यस्तै, अपर हेवाखोलाको सेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ। तर, यता, पिपुल्स पावरको सेयरमूल्य करिब साढे ७ प्रतिशत घटेको छ। बुधबार सोल्टी होटेलको सेयर कारोबार तीन करोड ७२ लाख १२ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ। 
 

ad
ad
ad
ad