१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २ बुधबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक २ बुधबार o८:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

काउन्सिलले बढायो सक्रियता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक २ बुधबार o८:२५:oo

प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन ०७९ लक्षित गरी प्रेस काउन्सिलले अनुगमनलाई तीव्रता दिएको छ । काउन्सिलले गर्दै आएको नियमित अनुगमनबाहेक आसन्न निर्वाचनलक्षित सञ्चारमाध्यममा आचारसंहिताको अनुगमनसमेत गरिरहेको हो ।

 अनुगमनका लागि पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइनको छुट्टाछुट्टै समूह बनाई काम सुरु गरेको काउन्सिलका उपप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराले जानकारी दिए ।

म‍ंगलबार काउन्सिलले अनुगमनमा खटिएका कर्मचारीसहित तथ्यांकविज्ञसँग छलफल गरेको थियो । यसअघिका आमनिर्वाचनमा समेत तथ्यांक प्रशोधनसहित अनुमगनको अनुभव सँगालेका तथ्यांकविज्ञद्वारा तथ्यांक प्रशोधन–अनुगमन विधिबारे संक्षिप्त अभिमुखीकरण भएको सूचना अधिकारी बोहराले बताए ।

उनले काउन्सिलले आफ्नो नियमित अनुगमनसँगै निर्वाचन अनुगमनलाई समेत निरन्तरता दिएको र पत्रकार तथा सञ्चारमाध्यमसम्बद्ध सामाजिक सञ्जालको प्रवृत्तिगत अध्ययनसमेत भइरहेको जानकारी दिए । यसअघि काउन्सिलले ०६४ को संविधानसभा निर्वाचन, ०६५ को उपनिर्वाचन, ०७४ को स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचन र ०७९ सालको वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा सञ्चारमाध्यम विशेष अनुगमन गरी प्रतिवेदन सार्वजनिक गरिसकेको छ ।
 

ad
ad
ad
ad