मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ कार्तिक १ मंगलबार १४:११:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

महिला कुस्तीमा सुदूरपश्चिम र सेनालाई पाँच–पाँच स्वर्ण

Read Time : < 1 मिनेट
२०७९ कार्तिक १ मंगलबार १४:११:००

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पूर्वी नवलपरासीको कावासोतीमा भएको महिला कुस्तीमा सुदूरपश्चिम प्रदेश र नेपाली सेनाले पाँच–पाँच स्वर्ण पदक जितेका छन्।

सेनाले तीन रजत र दुई कांस्य पदक प्राप्त गर्दा सुदूरपश्चिमले एक रजत र एक कांस्य पदक प्राप्त गरेको छ। सुदूरपश्चिमबाट महिला कुस्तीतर्फ ५० किलो तौल समूहमा दमन्ती बोहरा, ५३ किलो तौल समूहमा मनीषा सिंह, ५५ किलो तौल समूहमा संगीता धामी, ५९ किलो तौल समूहमा कोमल खत्री र ७२ किलो तौल समूहमा हेमा भट्टले स्वर्ण पदक प्राप्त गरेका हुन्।

 

त्यसैगरी, नेपाली सेनाबाट ५७ केजी तौल समूहमा लक्ष्मी तामाङ, ६२ केजी तौल समूहमा सुशीला चन्द, ६५ केजी तौल समूहमा निर्मला जागरी, ६८ केजी तौल समूहमा मीरा आउजी र ७६ केजी तौल समूहमा रचना श्रेष्ठले स्वर्ण पदक प्राप्त गरे।