१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १ मंगलबार
  • Saturday, 29 June, 2024
एजेन्सी युक्रेन
२o७९ कार्तिक १ मंगलबार o८:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
विश्व

कियभमा ‘आत्माघाती’ ड्रोन आक्रमण

Read Time : < 1 मिनेट
एजेन्सी, युक्रेन
नयाँ पत्रिका
२o७९ कार्तिक १ मंगलबार o८:३७:oo

 रुसी सेनाले सोमबार बिहान युक्रेनको राजधानी कियभमा ‘आत्माघाती (कामिकाजे)’ ड्रोनबाट आक्रमण गरेको छ । युक्रेनी राष्ट्रपतिले यो आक्रमणलाई झन्डै आठ महिनादेखि जारी हजारौँको ज्यान लिने युद्धमा हताश कार्यका रूपमा वर्णन गरेका छन ।

‘राजधानीमा आत्माघाती ड्रोनहरूबाट हवाई हमला गरिएको छ,’ राष्ट्रपतिका चिफ अफ स्टाफ एन्ड्री यर्माकले सामाजिक सञ्जालमा भनेका छन् । रसियाले युक्रेनको राजधानीलगायतका विभिन्न सहरमा क्षेप्यास्त्र आक्रमणको शृंखला चलाएको एक हप्तापछि यी ड्रोन हमला भएका हुन् । रुसको ड्रोन हमलापछि सोमबार युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले यसले युक्रेनीहरूलाई तोड्न नसक्ने अभिव्यक्ति दिएका छन् ।

‘रुसले आत्माघाती ड्रोन र क्षेप्यास्त्रहरूले युक्रेनमाथि आक्रमण गरिरहेका छन । शत्रुले हाम्रा सहरहरूमा आक्रमण गर्न त सक्छ, तर हामीलाई तोड्न भने सक्नेछैन,’ उनले भने । हमलाबाट एक गर्भवती र उनका श्रीमान्समेत केहीको मृत्यु भएको जनाइएको छ । 

ad
ad
ad
ad