मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ३१ सोमबार
  • Thursday, 19 December, 2024
२o७९ असोज ३१ सोमबार १८:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हिरासतमा महिलालाई यातना दिएको भन्दै मिर्चैयामा प्रदर्शन, प्रहरीले खोल्यो अश्रुग्यास र रबरको गोली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज ३१ सोमबार १८:४३:oo

उखुबारीमा १७ दिनअघि मृत भेटिएकी वृद्धाको मृत्युको अनुसन्धानको क्रममा प्रहरीले ससुरा र पतिसँगै नियन्त्रणमा लिएकी महिलालाई चरम यातना दिएको भन्दै मिर्चैयामा चक्काजाम र ढुंगामुढा भएको छ। 

सिराहाको मिर्चैया नगरपालिका– १ रामपुरविर्ताकी करिब ३३ वर्षीया जिवछीदेवी साहलाई प्रहरीले हिरासतमा चरम यातना दिएको भन्दै सोमबार बिहान स्थानीयले करिब साढे ८ बजेदेखि दुई घण्टा पूर्व-पश्चिम लोकमार्गअन्तर्गत मिर्चैयास्थित इलाका प्रहरी कार्यालयअगाडि टायर बालेर चक्काजाम गर्नुका साथै ढुंगामुढा भएको हो।

ढुंगामुढासँगै स्थिति तनावग्रस्त बन्न थालेपछि प्रहरीले बल प्रयोग गरी स्थिति नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ। त्यस क्रममा प्रहरीले ६ राउन्ड अश्रुग्यास र दुई राउन्ड रबरको गोली प्रहार गरेको सिराहा प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन तिमल्सिनाले बताए। प्रहरी उपरीक्षक तिमल्सिनाका अनुसार ढुंगामुढा हुँदा असइ अरुणकुमार झाको टाउको फुट्नुका साथै अन्य आठजना प्रहरी घाइते भएका छन्। 

घाइते प्रहरीहरूले स्थानीय क्लिनिकमा उपचार गरिएको छ। प्रहरी हिरासतमा महिलालाई यातना दिइएको आरोपसहित स्थिति उत्तेजक बन्न थालेपछि सिराहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन तिमिल्सिना, राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुखसहितको टोली बिहान करिब १० बजे मिर्चैया पुगेको थियो। मिर्चैया पुगेको प्रजिअसहित सुरक्षा अधिकारीहरूको टोलीले आन्दोलनरत पक्षका प्रतिनिधि, मिर्चैया र कर्जन्हाका मेयरसँग संयुक्त छलफल गरेपछि पाँचसदस्यीय छानबिन समिति गठन भएको छ। 

प्रजिअ कवारीका अनुसार जिल्ला प्रशासन कार्यालय सिराहाका प्रशासकीय अधिकृत हरिकिशोर चन्द्रवंशीको संयोजकत्वमा गठन भएको छानबिन समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र नागरिक समाजबाट एक-एकजना रहेका छन्। छानबिन समितिलाई आगामी तीन दिनभित्र छानबिन प्रतिवेदन बुझाउने गरी अख्तियारी दिइएको उनले बताए। छानबिन समितिले औँल्याएअनुसार घटनामा संलग्न दोषी पाइए कानुनी र विभागीय कारबाही गरिने प्रतिबद्धतापछि स्थिति मत्थर भएको थियो।