मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७९ असोज ३१ सोमबार ११:२४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रहरी दिवस : कञ्चनपुरमा उत्कृष्ट काम गर्ने कर्मचारी पुरस्कृत

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७९ असोज ३१ सोमबार ११:२४:००

प्रहरी दिवसको अवसर पारेर कञ्चनपुरमा उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको छ।

सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले ६७औँ प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा  उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीलाई पुरस्कार वितरण गरेको हो। सुदूरपश्चिम प्रहरी कार्यालयबाट प्रहरी हवल्दार दीपक विष्ट र अन्य प्रहरी कर्मचारीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पुरस्कार वितरण गरेको छ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी इन्चार्ज प्रहरी नायब निरीक्षक बहादुरसिंह धामी, इप्रका गुलरियाका इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक राधाकृष्ण नाथ, प्रहरी सहायक निरीक्षकत्रय पदमसिंह बडाल, तिलक चन्द र महादेव पन्त, प्रहरी हवल्दार देवेन्द्र भट्ट, प्रेम खड्का, प्रहरी सहायक हवल्दार सपना ऐर चौधरी, भीमबहादुर घर्ती, लोकेन्द्र कठायत, श्रीनिवास लुहार, वीरेन्द्र विष्ट, प्रकाश भट्ट, प्रहरी जवान गोविन्दबहादुर चौधरी, नरेशकुमार बम, गणेश बोहरा, प्रकाश चन्द, विशन नाथ, महेशसिंह बोहरा, सहायक कर्मचारी यज्ञराज जोशी, रामअब्दुल ठाकुरसहितका प्रहरी कर्मचारीलाई नगद पुरस्कार वितरण गरिएको हो।

अमर प्रहरीका तर्फबाट सीता बोहरा, विष्ना पन्त, भगवती फर्स्वानसहितलाई सम्मान गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख श्यामसिंह चौधरीले प्रहरी दिवसबाट थप उत्साहित र कर्तव्यनिष्ट बनाएको बताए। कार्यक्रमका प्रमुख अतिथि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले शान्ति सुरक्षामा अहोरात्र खटिन निर्देशन दिए।