मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ असोज ३० आइतबार १९:१०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डेंगु संक्रमित महिलाको निधन 

Read Time : < 1 मिनेट
२०७९ असोज ३० आइतबार १९:१०:००

उपचारका क्रममा डेंगु संक्रमित महिलाको मृत्यु भएको छ। चितवन मेडिकल कलेजमा उपचारका क्रममा नवलपरासी बर्दघाटकी २९ वर्षीया महिलाको मृत्यु भएको हो।
 
स्वास्थ्य कार्यालय चितवनका अनुसार असोज २४ गते उपचारका लागि कलेजमा भर्ना भएकी उनको उपचारको क्रममा गत शुक्रबार मृत्यु भएको हो।

कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार डेंगु संक्रमण भई चितवनका अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको संख्या योसहित तीन पुगेको छ।

जसमध्ये दुईजना चितवनका हुन्। जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये एक हजार छ सय २१ जनामा डेंगु देखिएको उनले जानकारी दिए। उनका अनुसार संक्रमितमध्ये एक हजार ८३ जना चितवनका छन्। 

दुई सय तीनजनाको ठेगाना नखुलेको र तीन सय ३५ जना बाहिरी जिल्लाका रहेका छन्। सात हजार एक सय ८४ जनाको परीक्षणका क्रममा उनीहरूमा संक्रमण पुष्टि भएको कार्यालयको तथ्यांकमा उल्लेख छ।