१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २७ बिहीबार
  • Monday, 01 July, 2024
श्रीमानको कुटाईबाट मृत्यु भएकी १९ वर्षीया कविता यादव
२o७९ असोज २७ बिहीबार o८:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज २७ बिहीबार o८:२१:oo

दाइजोका कारण हत्या गरिएको माइती पक्षकाे आरोप

महोत्तरीमा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको पिपरा गाउँपालिका- ५ सहोडवानिवासी २१ वर्षीय विमलेश यादवको कुटाइबाट उनकी १९ वर्षीया श्रीमती कविता यादवको मृत्यु भएको प्रहरीले जनाएकाे छ । 

गत असोज १८ गते बिहान श्रीमानले उनलाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए । श्रीमानको कुटाइबाट गम्भीर घाइते भएकी उनलाई असोज २० गते जनकपुरस्थित जनकपुर सुरक्षा अस्पतालमा भर्ना गरिएको थियो ।

उनको अवस्था गम्भीर भएकाले तत्काल जनकपुर न्युरो अस्पतालमा रिफर गरिएको थियो । २५ गते बिहान ११ बजे उनकाे उपचारका क्रममा ज्यान गएको हो । उनलाई २० गतेदेखि नै भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । 

अचेत अवस्थामै जनकपुर सुरक्षा अस्पताल ल्याइएकोमा बिरामीको सिटी स्क्यान गर्दा ब्रेनमा रगत जमेको र श्वासप्रश्वासमा समस्या देखिएको अस्पतालका चिकित्सक डा. सरोज ठाकुरले जानकारी दिए  ।

प्रहरीले विमलेश यादवविरुद्ध सुरुमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको थियो ।  कविताको मृत्युपछि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक सरोज राईले बताए । आरोपीलाई असोज २१ गते पक्राउ गरिएको हो ।

माइती पक्षले मृतकको अन्त्येष्टि गरेको छ । जनकपुरस्थित स्वर्गद्वारमा बुधबार अपराह्न मृतकको अन्त्येष्टि गरिएको हो । माइती पक्षले दाइजोको कारण हत्या गरिएको आरोप लगाएकाे छ ।

 

ad
ad
ad
ad