१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार o६:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

२५ करोड लागतमा रेट्रोफिटिङ गरिँदै बागदरबार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o६:४३:oo

सुन्धारामा रहेको काठमाडौं महानगरको पुरानो भवन रेट्रोफिटिङ गरिने भएको छ । ०७२ सालको भूकम्पबाट क्षतिग्रस्त उक्त राणाकालीन भवन २५ करोड लागतमा रेट्रोफिटिङ गर्न लागिएको हो । 

यसअघि विद्यासुन्दर शाक्य मेयर हुँदा उक्त भवन भत्काएर नयाँ बनाउने योजना अघि सारिएको थियो । तर, मौलिक भवन भत्काउन नहुने भन्दै विवाद बढेको थियो । भत्काउन नहुँने भन्दै सम्पदाप्रेमीहरू अदालत पुगेपछि अदालतले पनि नभत्काउन आदेश दिएको थियो ।

मेयर बालेन्द्र साहले पनि उक्त भवन पुरानै स्वरूपमा रहने गरी रेट्रोफिटिङको हुनुपर्ने बताउँदै आएका थिए । हाल भवन रेट्रोफिटिङका लागि डिपिआर तयार भइरहेको महानगरका प्रवक्ता नवीन मानन्धरको भनाइ छ । उनका अनुसार अबको दुई वर्षभित्र उक्त भवन रेट्रोफिटिङ भइसक्ने छ । करिब एक महिनामा डिपिआर तयार हुनेछ । त्यसलगत्तै टेन्डर आह्वान गरेर रेट्रोफिटिङ सुरु गरिनेछ ।

‘आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको छ, त्यसैले पनि पुरानो भवन छिटो रेट्रोफिटिङ गर्नुपर्ने हुन्छ,’ प्रवक्ता मानन्धरले भने, ‘अब कुनै विवाद नभई बागदरबार रेट्रोफिटिङ हुन्छ ।’ उनका अनुसार रेट्रोफिटिङ गर्दा मौलिकतालाई ख्याल गरिनेछ । 

ad
ad