मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २६ बुधबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज २६ बुधबार १९:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सात बागी उम्मेदवार जसपाबाट निष्कासित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज २६ बुधबार १९:३६:oo

जसपा पर्साले बागी उम्मेदवारी दिएर फिर्ता नलिएका सातजनालाई पार्टीबाट निष्कासन गरेको छ। जसपाले पर्सामा पार्टीको निर्णयविपरीत उम्मेदवारी दिएका केन्द्रीय सदस्यसहित सातजनालाई कारबाही गरेको हो।

कारबाही पर्नेमा केन्द्रीय सदस्य करिमा बेगम, प्रदेश समिति सदस्य जन्नत अन्सारी र गौरीशंकर साह, प्रदेश परिषद् सदस्य शिवकुमार साह, अन्य नेताहरू मुकेशकुमार द्विवेदी, प्रमोद जयसवाल र रुपेशमान सिंह छन्।

उनीहरूले एमाले–जसपा गठबन्धनको निर्णयविपरीत पर्साका विभिन्न निर्वाचन क्षेत्रमा अर्को पार्टीबाट तथा स्वतन्त्रतर्फबाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएकाले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको जिल्ला अध्यक्ष रामनरेश यादवले जानकारी दिए।

बेगमले पर्सा २ (ख), अन्सारीले १ (क), द्विवेदी र सिंहले २ (ख), जयसवालले ३ (क) बाट उम्मेदवारी दिएका छन्। शिवकुमार नेपाल सुशासन पार्टीकोतर्फबाट ३ (क) तथा गौरीशंकर सोही पार्टीबाट ३ (ख) मा उम्मेदवार बनेका छन्।