१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २५ मंगलबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ असोज २५ मंगलबार १o:o९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस नेतृत्वले निषेधको नियत राखेर टिकट दिएन : नेता शाही

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ असोज २५ मंगलबार १o:o९:oo

कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले कांग्रेस नेतृत्वले निषेधको नियत राखेर आफ्नो निर्वाचन क्षेत्रमा टिकट नदिएको आरोप लगाएका छन् । कालीकोटबाट टिकट पाउने चर्चामा रहेका उनको अन्तिम अवस्थामा गठबन्धनको तर्फबाट माओवादी केन्द्रले टिकट पाएपछि यस्तो प्रतिक्रिया दिएका हुन् । उनी कांग्रेसइतर समूहनिकट मानिन्छन् ।

‘कालीकोटलाई परिवर्तन गरेर देखाउने मेरो प्रतिबद्धता थियो  । तर, दुर्भाग्य आज मलाई विभिन्नखाले षड्यन्त्र गरेर उम्मेदवार बन्नबाटै वञ्चित गरियो,’ उनले भने, ‘म दुईपटक संघीय संसद्को उम्मेदवार भइसकेको क्षेत्रलाई गठबन्धनको नाममा माओवादीलाई  बुझाउने काम गरियो, यति मात्रै होइन, संघको क्षेत्र माओवादीलाई बुझाइसकेपछि पुनः मेरो प्रदेश क्षेत्र पनि षड्यन्त्रपूर्वक त्यही माओवादीलाई बुझाउने काम गरियो।  मलाई हरतरहबाट रोक्ने, छेक्ने, तह लगाउने, मेरो राजनीतिक हत्या गर्ने र मलाई उम्मेदवार बन्न रोकेर कालीकोट र कर्णालीका आवाजलाई  बन्द गर्न खोजियो ।’

उनले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिन सुझाव आए पनि आफू त्यसका लागि तयार नभएको बताए । उनले पार्टीमा नै रहेर शुद्धीकरणको अभियानमा निरन्तर लागिरहने बताए ।

‘मलाई  पार्टी र गठबन्धनले अन्याय गरेकाले स्वतन्त्र उठ्नुपर्छ भनेर सल्लाह, सुझाव र समर्थन आए। आममतदाताले साझा व्यक्तित्व खोजिरहेको वेला मलाई स्वतन्त्रबाटै भए पनि कालीकोटबाट निर्वाचित हुने ठूलो मौका पनि थियो,’ उनले भनेका छन्, ‘पार्टीभित्रै अन्यायको विरुद्ध लड्नु, भ्रष्टाचारविरोधी अभियान  सञ्चालन गर्दै, सबैलाई न्याय र समान अवसरका लागि संघर्ष  गर्नु पार्टी परिवर्तन, रुपान्तरण र शुद्धीकरणको लागि पार्टीभित्रै वैचारिक लडाइँ लड्दै अगाडि बढ्नुपर्छ भन्ने निष्कर्षमा पुगेको छु। न्याय, समान अवसर र शुद्धीकरणको अभियान जारी रहनेछ।’