१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार २o:११:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

विश्व मानसिक स्वास्थ्य दिवसमा शान्ति पदयात्रा र सडक नाटक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार २o:११:oo

आज  विश्व मानसिक स्वास्थ्य दिवस। मानसिक स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरी संसारभर मनाइन्छ। 

काठमाडौंमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम सम्पन्न भएका छन्। काठमाडौं बुढानीलकण्ठ, पारिकोटस्थित चैतन्य इन्स्टिच्युट फर  हेल्थ नामक संस्थाले शान्तिपूर्ण पदयात्रा, जनचेतनामूलक सडक नाटककाे आयाेजना गरेर दिवस मनाएकाे छ। 

 

आयोजक संस्थाले मानसिक स्वास्थ्यकाे महत्वलाई जनसमक्ष उजागर गर्दै यसलाई राष्ट्रिय प्राथमिकताको विषय बनाउन माग गरेकाे छ।  

संस्थाले अहिले कमजोर हुँदै गएको मानसिक स्वास्थ्य तथा यसले लागुपदार्थ दुर्व्यसनीलाई बढावा दिएको सन्देश प्रवाह गर्दै काठमाडौंको गंगालाल अस्पतालअगाडि तथा महाराजगन्ज चोकमा सडक नाटक प्रस्तुत गरिएको थियो। 

कार्यक्रममा संस्थाका पदाधिकारी, अतिथि, नेपाल प्रहरी तथा सर्वसाधारणको उपस्थिति थियो। मुख्य अतिथिका रूपमा रहेका कायममुकाय रक्षासचिव देवेन्द्रप्रसाद सिटौला र नेपाल मेडिकल कलेजका डिन डा मनीष वलीले विश्व मान‌सिक दिवसको महत्व र यसले देश र समाजमा पारेको असरबारे प्रकाश पारेका थिए। 

ad
ad