मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ३ बुधबार
  • Wednesday, 18 December, 2024
२o८१ पौष ३ बुधबार १३:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिस्नेरी-दक्षिणकाली सडकखण्ड पुस ११ गतेसम्म बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष ३ बुधबार १३:o२:oo

प्रदेशको राजधानी हेटौँडालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने सिस्नेरी-दक्षिणकाली सडकखण्ड पुस ११ गतेसम्म बन्द हुने भएको छ । सडकअन्तर्गत दक्षिणकाली-छैमलेमा कालोपत्र गर्न लागिएकाले सवारी सञ्चालनमा रोक लगाएको दक्षिणकाली नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै सवारीसाधनहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । यस्तै, सडकको स्तरोन्नतिका लागि कुलेखानी-फाखेल-मातातीर्थ सडकमा पनि यातायात सञ्चालनमा रोक लगाइएको छ। 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले वैकल्पिक मार्गका रूपमा हेटौँडाबाट काठमाडौं जोड्ने कान्ति लोकपथ सडक, त्रिभुवन राजपथ, नारायणगढ–मुग्लिन सडक प्रयोग गर्न आग्रह गरेका छन् ।