१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २४ सोमबार
  • Saturday, 28 September, 2024
२o७९ असोज २४ सोमबार १३:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अविरल वर्षाका कारण हुम्लामा एकै घरका चारसहित पाँचजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज २४ सोमबार १३:२३:oo

हुम्लामा अविरल वर्षाका कारण पाँचजनाको मृत्यु भएको छ। चंखेली गाउँपालिका– ६ मेल्छाममा एकै घरका चारजना र ताजाँकोट गाउँपालिका– ४ मा एकजना गरी पाँचजनाको मृत्यु भएको हो। 

चंखेली– ६ मा वर्षाका कारण घर भत्किँदा एकै परिवारका चारजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्। मृत्यु हुनेहरूमा ५६ वर्षीय तुल्सी विक, पाँच वर्षीय वसन्त विक, नाै वर्षीया सुस्मिता विक र सात वर्षीय होइजाली विक रहेका मेल्छाम प्रहरीले जनाएको छ। सोही परिवारका ४२ वर्षीय देउचे विक, उनकी २८ वर्षीया श्रीमती अवकति विक, ११ वर्षीया छोरी निरू विक, १३ वर्षीया ममता  विक र एक वर्षका छोरा घाइते भएका प्रहरीले जनाएको छ।

यता, ताजाँकोट– ४ मा वर्षाका कारण बाटोमाथिबाट खसेको ढुंगा लागेर एकजनाको मृत्यु भएको छ। खराब मौसमका कारण घटनाको थप विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ।

वर्षाले नाम्खा गाउँपालिकाको च्याछहरालगायतका स्थानमा सडक भत्किएर आवतजावतमा समस्या भएको छ। सर्केगाड गाउँपालिका– ८ राहदेवमा पनि कम्तीमा पाँच घर उच्च जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन्।

अविरल वर्षाले जिल्लाभरि बाढी–पहिरो बढेपछि अहिले जिल्ला विपत् व्यवस्थापन समितिको आपतकालीन बैठक बोलाइएको छ। जिल्लामा घटेका घटनाको विषयमा तत्काल उद्धारका लागि छलफल गर्न प्रजिअ परियारको अध्यतामा बैठक बोलाइएको हो।