Skip This
कैलाली ५ मा पूर्वराज्यमन्त्री ओझाको स्वतन्त्र उम्मेदवारी घोषणा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २१ शुक्रबार
  • Friday, 26 July, 2024
२o७९ असोज २१ शुक्रबार १७:४४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कैलाली ५ मा पूर्वराज्यमन्त्री ओझाको स्वतन्त्र उम्मेदवारी घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज २१ शुक्रबार १७:४४:oo

कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य पदमा पूर्वराज्यमन्त्री पुष्करनाथ ओझाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । धनगढीमा शुक्रबार पत्रकार सम्मेलन गरेर उनले स्वतन्त्रबाट उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा डडेल्धुरा र यो क्षेत्रबाट ०७० को निर्वाचनमा विजयी भएका थिए । उनले धनगढी छोडेपछि भएको उपनिर्वाचनमा तत्कालीन कांग्रेस नेता ओझा विजयी भएका थिए ।

०७४ को निर्वाचनमा यो क्षेत्रबाट उम्मेदवार बनेकी देउवापत्नी आरजु राणा देउवालाई असहयोग गरेको आरोपमा कांग्रेसले ओझालाई कारबाही गर्दै साधारण सदस्यबाट समेत हटाएको थियो । कांग्रेसले आफूलाई स्वतन्त्र उम्मेदवारी दिन बाध्य पारेको ओझाले बताए ।