१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २१ शुक्रबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका स्याङ्जा
२o७९ असोज २१ शुक्रबार o७:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वालिङका पाँच घर पहिरोको जोखिममा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, स्याङ्जा
नयाँ पत्रिका
२o७९ असोज २१ शुक्रबार o७:४o:oo

अविरल वर्षासँगै पहिरो खस्दा यहाँका पाँच घर जोखिममा परेका छन् । स्याङ्जाको वालिङ– १३ ठूलाखेतका पाँच घर पहिरोको जोखिममा परेपछि त्यहाँका मानिसलाई छिमेकीका घरमा सारिएको छ।

स्थानीय धनबहादुर डाला, पृथलाल गुरुङ, तनबहादुर सारु, इन्द्रबहादुर सार्की र रामबहादुर सार्कीका पक्की घर पहिरोको जोखिममा परेको वडाध्यक्ष नमलाल डुम्रेले जानकारी दिए। 

दिउँसो ३ बजे घरमुनिबाट पहिरो खसेपछि तत्काल त्यहाँ बस्दै आएका परिवारलाई छिमेकीको सारिएको उनले बताए। 

पानी परिरहेकाले थप क्षति हुन नदिन पहिरो गएको ठाउँमा त्रिपाल र प्लास्टिकले छोपिएको छ। प्लटिङ गरिएको जग्गामा लगाइएको अग्लो पर्खाल भत्किएर पहिरो जाँदा ती घर जोखिममा परेका हुन्।

पानी परिरहेकाले जोखिममा रहेका घरमा बस्दै आएकालाई छिमेकीको घरमा राखिएको नगर प्रमुख कृष्ण खाणले बताए। 

मानवीय क्षति नहोस् भनेर त्यहाँ बस्दै आएका पाँच परिवारलाई  छिमेकीको घरमा सारिएको छ । पानी रोकिएपछि प्राविधिक तथा विपत् व्यवस्थापनको टोलीले निरीक्षण गरी बस्न हुने–नहुने बुझेर सोहीअनुसारको प्रक्रिया अगाडि बढाइने उनले जानकारी दिए। 
 
नगरपालिकाले प्रदेश र केन्द्रीय सरकारसँग राहत तथा सहयोगका लागि पहल गर्ने नगरप्रमुख खाणले बताए। मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण यहाँको जनजीवन कष्टकर बनेको छ। रासस