मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २० बिहीबार
  • Wednesday, 18 December, 2024
पहिरोका कारण १७ किलोमा भएको जाम
२o७९ असोज २० बिहीबार १o:१३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चितवनको नारायणी र राप्तीमा पानीको बहाव बढ्यो

मौसम शनिबारदेखि मात्र सुधार हुने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज २० बिहीबार १o:१३:oo

चितवनका दुई ठूला नदी नारायणी र राप्तीमा पानीको बहाव बढेको छ । खहरे खोला र साना नदीहरू पनि बढेका छन् । बुधबारदेखिको अविरल वर्षाले बाढी आउँदा दुवै नदीको जलस्तरले सतर्कताको तह पार गरेको छ ।

नारायणी नदीमा बिहान ६:२० बजे सतर्कता तह पार गरेको भन्दै तटीय क्षेत्रमा जल तथा मौसम विज्ञान विभागको नेपाल बाढी सूचना केन्द्रले बिहान ४ बजे नै पूर्वसूचनाको एसएमएस पठाएको थियो । 

मकवानपुर, चितवन हुँदै बग्ने राप्ती नदीको जलसतह पनि बढेको छ । राप्तीको रजैया स्टेसनका अनुसार बिहान ८ बजेसम्म पानीको सतह बढेर ३.४ मिटर पुगेको छ । दुवै नदीमा पानीको सतह अझै बढ्ने क्रममा रहेको शाखाले जनाएको छ।

वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार अहिले परिरहेको झरी चितवन र यस आसपासमा शनिबारसम्म सक्रिय रहनेछ । धेरै ठाउँमा भारी वर्षा भएको भन्दै पौडेलले आइतबारदेखि भने क्रमिक रूपमा  सुधार हुँदै जाने बताए ।

उनले थप वर्षा हुन सक्ने भन्दै तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउनसमेत आग्रह गरेका छन् । लगातार भइरहेको वर्षासँगै खोला र नदीमा आएको बाढीले दसैँ मनाउन र टीका थाप्न टाढाटाढा जानेहरू प्रभावित भएका छन् ।