१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज १४ शुक्रबार
  • Monday, 01 July, 2024
२o७९ असोज १४ शुक्रबार १o:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

जिल्ला अस्पतालमा औषधिको चरम अभाव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज १४ शुक्रबार १o:४३:oo

जिल्ला अस्पताल हुम्लामा आधारभूत औषधिको चरम अभाव देखिएको छ । १५ शड्ढया रहेको एक मात्रै जिल्ला अस्पतालमा १५ दिनदेखि औषधिको चरम अभाव देखिएको हो । 

पेट दुख्ने र शरीर काम्ने बिरामीले थला परेकी सिमकोट गाउँपालिका– ६ की रत्ना सुनार अस्पताल आएकी थिइन् । औषधि नभएपछि निजी मेडिकलबाट औषधि किनेर उपचार गर्न बाध्य भएको उनले बताइन् । वहिरंग सेवामा औषधि वितरणमा खटिएका स्वास्थ्यकर्मी जगवीर रावतका अनुसार रुघाखोकी, हातखुट्टा दुख्ने, दम, प्रेसरलगायत बिरामी दिनदिनै जिल्ला अस्पातल आउने गरेका छन् । तर, औषधि अभाव भएपछि खाली हात घर फर्किन बाध्य भएको उनले बताए । 

दैनिक २० देखि २५ जना बिरामी बालबालिका उपचारका लागि आउने गरे पनि उनीहरूका लागि चाहिने सिटामोल सिरम, खोकीको सामान्य औषधिसमेत नभएको उनले बताए । जिल्ला अस्पतालको स्टोर सम्हाल्दै आएका कलबहादुर रावतले १५ देखि २० थरीका औषधि अभाव भएको जानकारी दिए । उनले नयाँ पत्रिकासँग भने, ‘म स्टोरको मान्छे त होइन, तर दसैँ–तिहारमा स्टोरकिपर गाउँ गएपछि मैले हेरिराखेको छु । करिब १५–२० प्रकारका औषधिको अभाव देखिएको छ ।’ टेन्डर र कोटेसनमा जिल्ला स्वास्थ्य कार्यालयले ढिलाइ गरेपछि अस्पतालमा औषधि अभाव देखिएको उनले बताए ।

जिल्ला अस्पताल हुम्लाको इमर्जेन्सी वार्डमा एरएल स्लाइनदेखि १० एमएल, तीन एमएल, पाँच एमएलका सिरिन्ज नभएको जिल्ला स्वास्थ्य कार्यालय हुम्लाकी निमित्त प्रमुख सरिता बोहराले जानकारी दिइन् । ‘म इमर्जेन्सी वार्डमा गइरहन्छु । अभाव भएपछि क्षेत्रीय स्टोर सुर्खेतमा ७२ थरीका औषधिका लागि माग फारम पठाइसकेकी छु,’ बोहराले भनिन् । 

ad
ad
ad
ad