१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १७ सोमबार
  • Wednesday, 03 July, 2024
फाइल तस्बिर ।
नयाँ पत्रिका काठमाडौं
२o८१ असार १७ सोमबार १६:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एमालेमा फर्किए कांग्रेस नेता जितेन्द्र देव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार १७ सोमबार १६:३३:oo

कांग्रेस नेता तथा पूर्वसांसद जितेन्द्रनारायण देव एमालेमा फर्किएका छन्। एमाले केन्द्रीय पार्टी कार्यालय च्यासलमा आज आयोजित कार्यक्रममा देवलाई एमाले अध्यक्ष ओलीले पार्टीमा स्वागत गरे।

लामो समय एमालेमा रहेर राजनीति गरेका देव मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट संविधानसभा सदस्य बनेका थिए।

फोरम लोकतान्त्रिक कांग्रेसमा विलय भएपछि उनी त्यसका नेता विजयकुमार गच्छदारसँगै कांग्रेस प्रवेश गरेका थिए। त्यसपछि उनी कांग्रेसबाट राष्ट्रिय सभाको सदस्य बनेका थिए। 

गत फागुनमा राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिएपछि उनी एमाले नेताहरूसँग आन्तरिक छलफलमा रहेका खबर आइरहेका थिए। यहीबीच उनी आजबाट पुरानो घर फर्किएका हुन्। 
 

ad
ad
ad
ad