१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १७ सोमबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार १७ सोमबार १६:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार १७ सोमबार १६:oo:oo

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले उकालो लागेको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १६.२९ अंकले उकालो लागेर दुई हजार ५३.३८ मा पुगेको छ। 

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.०१ अंकले उकालो लागेर तीन सय ६१.७७ मा पुगेको छ। कुल ७१ लाख ६५ हजार सात सय ३५ कित्ता सेयर दुई अब ९९ करोड ९९ लाख ६५ हजार २१ रुपैयाँ मूल्यमा खरिद–बिक्री भएको छ। 

नेप्सेका अनुसार हिमालयन ऊर्जा विकास कम्पनी ९.७४, दोर्दी खोला जलविद्युत् कम्पनी ८.४७, कर्पोरेट डेभलपमेन्ट बैंक ७.५२, हिमालयन बैंकको ऋणपत्र ७.४८ र सानिमा बैंकको ऋणपत्रका लगानीकर्ताले ७.०७ प्रतिशतले कमाएका छन्। 

नेपाल फाइनान्स १०, मैलुङ खोला जलविद्युत् कम्पनी ८.४४, स्वाभिमान लघुवित्त ३.९७, कुमारी सबल योजना ३.६० र मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले ३.४३ प्रतिशतले गुमाएका छन्।  (रासस)

ad
ad
ad
ad