मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असोज १३ बिहीबार
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज १३ बिहीबार १६:४३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पर्वकै कारण फुटपाथमा व्यापार गर्न छुट हुँदैन : काठमाडौं महानगर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज १३ बिहीबार १६:४३:oo

काठमाडौं महानगरपालिकाले कुनै पर्वविशेष वा अन्य कारणले फुटपाथमा व्यवसाय गर्न नदिइने स्पष्ट पारेको छ। महानगरका प्रवक्ता नवीन मानन्धरले एक विज्ञप्ति जारी गर्दै फुटपाथ व्यवस्थापनमा कुनै पनि कारणवश लचिलो नहुने बताएका हुन्।

फुटपाथमा मानव आवतजावतबाहेकका अन्य क्रियाकलापलाई निषेध गर्ने नीति पर्वका समयमा कार्यान्वयन गराउन अझ बढी आवश्यक पर्ने विज्ञप्तिमा उल्लेख छ। ‘सडक किनारामा निर्वाध हिँड्न पाउने पैदलयात्रीको अधिकार स्थापित गराउन महानगरले आफ्ना क्रियाकलाप आंशिक रूपमा होइन पूर्ण र दीर्घकालीन रूपमा सञ्चालन गर्नेछ। यो कार्यक्रम पर्वविशेष वा अन्य कारणविशेष स्थगित हुने वा लचिलो नहुने कुरासमेत स्पष्ट पार्न चाहन्छौँ,’ विज्ञप्तिमा उल्लेख छ।