१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज १२ बुधबार
  • Sunday, 06 July, 2025
२o७९ असोज १२ बुधबार १८:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सत्ता टिकाउन विदेशीकाे 'आशीर्वाद' खोज्ने प्रवृत्तिले मुलुक स्वाधीन बन्दैन : कमल थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज १२ बुधबार १८:o१:oo

राप्रपा नेपालका अध्यक्ष कमल थापाले सत्तामा पुग्न र टिकिरहनका लागि विदेशी शक्तिको आशीर्वाद खोज्ने प्रवृत्तिले मुलुक स्वाधीन बन्न नसक्ने बताएका छन्।

उनले विदेशी दबाब र प्रभावलाई अस्वीकार गर्न सक्ने नेतृत्व अहिले मुलुकले खोजिरहेकोसमेत बताए। 

राप्रपा नेपाल केन्द्रीय पदाधिकारी, प्रदेश अध्यक्ष र जिल्ला अध्यक्षहरूको संयुक्त भर्चुअल बैठकलाई आज सम्बोधन गर्दै थापाले राष्ट्रियताको सम्वर्द्धन, प्रजातन्त्रको सुदृढीकरण  र आर्थिक समृद्धिको एजेन्डा बोक्ने दललाई जनताले रोज्नुपर्ने बताए।

राजनीतिमा निष्ठा र इमानदारी आवश्यक हुने चर्चा गर्दै उनले राजनीतिलाई फोहरी बन्न नदिन जनताले चुनावमार्फत सही नेतृत्व छान्नुपर्नेसमेत स्पष्ट पारे। 

पछिल्लो समय मनी र मसल राजनीतिमा हाबी भएकोमा उनको चिन्ता थियो। बैठकले देशभर भइरहेको चुनाव तयारीबारे समीक्षा गरेको तथा आमचुनावमा राप्रपा नेपाललाई विजय बनाउन आवश्यक रणनीति एवं कार्ययोजनासमेत तयार गरेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।