Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
रासस बनियानी
२०७९ असोज १२ बुधबार ११:५३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पूर्वाञ्चल क्यान्सर अस्पताल र अनुप्रस्थाबीच उपचारका लागि सम्झौता

Read Time : < 1 मिनेट
रासस, बनियानी
२०७९ असोज १२ बुधबार ११:५३:००

झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल र अनुप्रस्था फाउन्डेसनबीच विपन्न क्यान्सर रोगीको निःशुल्क उपचारका लागि सम्झौता भएको छ। अर्थाभावका कारण क्यान्सर रोगको उपचारबाट वञ्चित नागरिकको निःशुल्क उपचार गर्ने उद्देश्यले अस्पताल र फाउन्डेसनबीच सम्झौता भएको हो।

मंगलबार अस्पतालपरिसरमा आयोजित एक कार्यक्रममा दुवै पक्षले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। अनुप्रस्था फाउन्डेसनका निरन शाहीले अर्थाभावमा कोही पनि मर्नुपर्ने अवस्था नहोस् भन्ने उद्देश्यले अस्पतालसँग सम्झौता गरिएको बताए।

‘विपन्न नागरिकले उपचारको पहुँच नहुँदा अकालमै मर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘जो उपचारको पहुँचभन्दा टाढा छन्, उनीहरूको सेवा गर्नु हाम्रो मूल उद्देश्य हो।’ अस्पतालका डा. नीराजन प्रसाईंले फाउन्डेसनमार्फत सिफारिस भएर आउने बिरामीको रु. ७० लाखसम्म निःशुल्क उपचार गरिने जानकारी दिए। क्यान्सर रोगविरुद्ध लामो समयदेखि आफूहरूले काम गर्दै आएको र सामाजिक उत्तरदायित्वअन्तर्गत अनुप्रस्था फाउन्डेसनसँग निःशुल्क उपचारको सम्झौता गरिएको उनले बताए।

आफ्नै ब्यान्ड रहेको अनुप्रस्थाले राष्ट्रिय–अन्तर्राष्ट्रिय मञ्चमा सांगीतिक प्रदर्शनीका क्रममा अस्पतालको प्रचारप्रसार गर्ने र अस्पतालले एक वर्षमा अनुप्रस्थामार्फत सिफारिस भएर आएका विपन्न क्यान्सर रोगीको निःशुल्क उपचार गर्ने सम्झौतापत्रमा उल्लेख भएको अस्पतालका सूचना अधिकारी प्रमिश गिरीले जानकारी दिए। अस्पतालले हालसम्म एक हजार तीन सय नौ क्यान्सर रोगीको पहिचान गरी उपचार सहुलियतका लागि सिफारिससमेत गरेको उनले बताए।