मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज ९ आइतबार ०७:२५:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

राष्ट्रिय खेलकुदको ट्रफी विराटनगरमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज ९ आइतबार ०७:२५:००

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी टुर प्रदेश नं. १ को विराटनगरमा पुगेको छ । विराटनगरस्थित सहिद रंगशालामा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले ट्रफी प्रदर्शन गरे ।

नवौँ संस्करण गण्डकी प्रदेशमा २८ असोजदेखि ३ कात्तिकसम्म सञ्चालन हुँदै छ । त्यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पहिलोपटक ट्रफी टुर आयोजना गरेको हो । प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंसराज वाग्लेले ३५ खेलमा ७ सय ६ खेलाडी तथा प्रशिक्षक र व्यवस्थापक गरी ८ सय २० जनाको सहभागिता रहने जानकारी दिए । उनका अनुसार प्रदेश छनोटमा ४ हजार १ सय ५२ खेलाडीको सहभागिता थियो ।

यसअघि ट्रफीलाई सुदूरपश्चिमको धनगढी, लुम्बिनी प्रदेशको बुटवल र बागमती प्रदेशको हेटौँडा, नेपाली सेना र नेपाल प्रहरीको मुख्यालयमा प्रदर्शन गरिएको थियो । नवौँ राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभागीय टोली र एनआरएनए गरी ११ टोली सहभागी हुनेछन् ।