मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असोज ८ शनिबार
  • Sunday, 14 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज ८ शनिबार १७:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘गाउँ-गाउँमा सिंहदरबार’को अवधारणा साकार पार्न कांग्रेसको जित आवश्यक : नेता सिंह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज ८ शनिबार १७:४८:oo

कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको कार्यान्वयन र गाउँगाउँमा सिंहदरबारको अवधारणा साकार गर्न कांग्रेसको जित आवश्यक रहेको बताएका छन्। 

आज मोरङ समाज काठमाडौंले दसैँतिहारको अवसर पारेर आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै नेता सिंहले यस्तो बताएका हुन्। 

संविधानको कार्यान्वयन गर्न र गाउँगाउँमा सिंहदरबारको अवधारणालाई साकार गर्न  कांग्रेसको जित आवश्यक रहेकोमा सिंहले जोड थिए। 

कांग्रेस कमजोर हुँदा संविधानसभाबाट संविधान बनाउन विफल भएको उदाहरण दिँदै उनले कांग्रेस संसदमा बलियो भएपछि मात्र संविधान जारी भएको बताए।

त्यस्तै, देशको समृद्धि र शिक्षा, स्वास्थ्य र रोजगारीका लागि कांग्रेस बलियो बनाउनुपर्ने उनको भनाइ थियो।

जनताले परिवर्तन खोजेको भन्दै अब शिक्षा, स्वास्थ्यजस्ता नागरिकको दैनिक जीवनलाई सहज बनाउने विषयमा परिवर्तन ल्याउनुपर्ने सिंहले बताए।

उनले  राजनीतिमा युवाहरूको विस्तारै चासो बढ्नु सकारात्मक भएको भन्दै अब युवालाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिए। मंसिर ४ को निर्वाचनपछि बन्ने सरकारले जनतालाई अनुभूति गर्ने गरी काम गर्ने बताए।