१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज ७ शुक्रबार १२:२०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सूर्य नेपालको पुष्पाञ्जली अगरबत्ती नेपाली बजारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज ७ शुक्रबार १२:२०:००

सूर्य नेपाल प्रालिले आफ्नो नयाँ उत्पादन मंगलदीप पुष्पाञ्जली पूजा अगरबत्ती नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले हरेक प्याकमा नौ इन्चका ८० वटा ब्राउन रङका सुगन्धित काँटी रहेको प्याकेजिङसहित अगरबत्ती बजारमा ल्याएको हो ।  

यस अगरबत्तीमा फूलको थप सुगन्ध भएकाले हरेक शुभकार्यका निमित्त उपयुक्त हुनुका साथै पूजाको अद्वितीय अनुभव प्राप्त गर्न सकिने कम्पनीको दाबी छ । यसले उत्कृष्ट गुणस्तरीयता कायम राखी मंगलदीप ब्रान्डको छवि र ब्रान्डप्रति उपभोक्ताको लगावलाई थप बलियो बनाउने कम्पनीले विश्वास व्यक्त गरेको छ । 

यस उत्पादनले प्रिमियम अगरबत्ती खोज्ने ग्राहकको मन जित्ने विश्वास लिएको कम्पनीले जनाएको छ । यो अगरबत्तीको प्रतिप्याक मूल्य एक सय रुपैयाँ तोकिएको छ । 
हाल मंगलदीप पूजा अगरबत्तीअन्तर्गत चम्पा, अर्पण, स्यान्डल, ल्याबेन्डर, ज्यास्मिन, त्रिसारा तथा त्रेयालगायतका विभिन्न ब्रान्डहरू बजारमा उपलब्ध रहेको जनाइएको छ ।