१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार ११:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

पर्यटकीय सिजन सुरु भएसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक बढे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार ११:४१:oo

पर्यटकीय सिजन सुरु भएसँगै चक्रीय अन्नपूर्ण पदमार्गमा पर्यटकहरूको आगमन वृद्धि हुन थालेको छ । सेप्टेम्बर महिनाको सुरुवातसँगै दैनिक सयदेखि डेढ सय पर्यटक बेँसीसहर हुँदै अन्नपूर्ण पदमार्ग भित्रिन थालेका छन् । यो पदमार्गमा मुख्य सिजनमा दैनिक तीन सय ५० भन्दा बढी विदेशी पर्यटक आउने गर्छन् । 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङ–धारापानी चेकपोस्टका पर्यटन सहायक क्षेत्र गुरुङले पर्यटकीय सिजन सुरु भएसँगै पदमार्गमा पर्यटक आउन थालेको बताए । उनका अनुसार सेप्टेम्बरको २० तारिखसम्म पदमार्गमा एक हजार एक सय १४ जना विदेशी पर्यटक आएका छन् । उनले भने, ‘अफसिजनमा पनि यस वर्ष पदमार्गमा विदेशी आगमनको संख्यामा कमी आएन ।’

विगतका वर्ष कोरोना र बाढीका कारण पदमार्गमा पर्यटक आगमन निकै कमी थियो । सन् २०२१ मा दुई हजार तीन सय ७३ विदेशी पर्यटकको आगमन भएको थियो । अन्नपूर्ण पदमार्गमा विशेष गरी बेलायत, इजरायल, चीन, जर्मनी, अमेरिका, फ्रान्स, जापान, अस्ट्रेलियालगायत देशका नागरिक आउने गर्छन् । अहिले मनाङको सदरमुकाम चामे, तिमाङ, दानाक्यु, बगरछाप, धारापानी, ढिकुरपोखरी, पिसाङ, हुम्दे, भ्राका, मनाङ, खाङसार, तिलिचो बेसक्याम्प, थोराङ फेदी, नार र फूलगायतका स्थानमा रहेका होटेलमा पर्यटकहरूको संख्यामा वृद्धि भएको एक्याप मनाङले जनाएको छ । 

यो सिजनमा मनाङका खर्क अनि घाँसेमैदान हरियो हुने तथा फापर र उवा फुलेको दृश्यले पर्यटकलाई आकर्षित पार्ने अन्नपूर्ण संरक्षण क्षेत्र एक्याप मनाङका प्रमुख लेखनाथ गौतम बताउँछन् । विदेशी पर्यटकजत्तिकै आन्तरिक पर्यटकको पनि उल्लेख्य वृद्धि हुन थालेपछि पर्यटन व्यवसायी थप उत्साही भएका छन् । मनाङ जाने पर्यटक विशेष गरी थोराङपास, लार्केपास र कालापास साथसाथै विश्वको अग्लो स्थानमा रहेको तिलिचो तालको अवलोकनका लागि आउने गरेका छन् । 

ad
ad