१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ६ बिहीबार
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका रुकुमपूर्व
२o७९ असोज ६ बिहीबार १७:४९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रुकुमपूर्व दुर्घटना : मृतककाे संख्या पाँच पुग्यो, १३ जना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, रुकुमपूर्व
नयाँ पत्रिका
२o७९ असोज ६ बिहीबार १७:४९:oo

रुकुमपूर्वको भूमे गाउँपालिका–३ क्याङ्सी बगरमा भएको बस दुर्घटनामा ज्यान गुमाउने संख्या पाँच पुगेकाे छ। 

काठमाडौंबाट रुकुमकोट आउँदै गरेको ग१ख ९१०९ नम्बरको बस आज दुर्घटना हुँदा घटनास्थलमा पाँचको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए।  

मृतकको सनाखत हुन बाँकी रहेको बताउँदै उनले उक्त बसमा सवार १७ मध्ये १३ जना घाइते भएका र तीनको अवस्था गम्भीर रहेको जानकारी दिए। 

घाइते सबैको रुकुमपूर्व अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक डाँगीले बताए। 

उनका अनुसार घटनास्थलमा उद्धार कार्य भइरहेको छ। घाइतेलाई हेलिकोप्टरबाट उपचारका लागि लैजाने पहल भएको छ।

नेपाली सेनाको नरसिङ दल गुल्म रुकुमपूर्वका सेनानी बाबुलाल जिसीले घाइतेको उपचारका लागि सुर्खेतबाट हेलिकोप्टर ल्याउने तयारी भइरहेको जानकारी दिए।