१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ असोज ६ बिहीबार ०८:०३:००
Read Time : > 1 मिनेट
Read Time : > 1 मिनेट
२०७९ असोज ६ बिहीबार ०८:०३:००

जुम्बा आजकल लोकप्रिय हुँदै गएको छ । तपाईंले रमाइलो गर्दै यो नृत्यमार्फत वजन घटाउन सक्ने भएकाले यसको लोकप्रियता बढेको हो । यस नृत्यका स्टेपहरू गर्दा तपाईंको शरीरका मांसपेशी सक्रिय हुन्छ । तपाईंले जिम गर्दाजस्तो भारी मेसिनहरू उठाउनुपर्दैन, नाच्दै तौल नियन्त्रण गर्न सक्नुहुन्छ । महिला, पुरुष, बच्चा सबैले जुम्बामार्फत शरीरको पूर्ण कसरत गर्न सक्छन् र आफ्नो शरीरलाई आकर्षक बनाउन सक्छन् । जुम्बाको लोकप्रियता बढे पनि कतिपय व्यक्तिमा यस नृत्यबारे विभिन्न भ्रम रहेको पाइन्छ । 

भ्रम १ : जुम्बा र साल्सा एकै हो 
यथार्थ : कतिपयलाई जुम्बा र साल्सा उस्तै हो भन्ने लाग्छ । तर, जुम्बा नृत्य मात्रै नभएर फिटनेसको एक माध्यम पनि हो । यसमा विभिन्न प्रकारका नृत्यबाट स्टेपहरू लिइएको छ । साल्सा, कुम्बई, फ्लामेन्को, बेली डान्स, ट्यांगो र केही बलिउड स्टेप्सको मिश्रण जुम्बामा छ । यी सबैलाई मिलाएर जुम्बालाई एक सरल डान्सको रूपमा विकास गरिएको छ । यसलाई सामान्य मानिस र विशेष गरी मोटा मानिसले पनि सहजै गर्न सक्छन् । जुम्बा गरिरहँदा शारीरिक व्यायाम गरेको अनुभूति तपाईंलाई हुँदैन । 

भ्रम २ :  केवल पातला मानिसले मात्रै जुम्बा गर्न सक्छ 
यथार्थ :  यो अझै ठूलो भ्रम हो । जुम्बा सबैका लागि हो । कसैले कुनै चिन्ता नलिई यो अभ्यास गर्दा हुन्छ । यो नृत्य गर्दा हातखुट्टामा कुनै दुखाइ हुँदैन । यद्यपि, उमेरअनुसार फरक स्वरूपका अभ्यास गराइन्छ । शरीर दुख्ने, जोर्नी दुख्ने जस्ता समस्या भएका व्यक्तिले पनि सजिलै यो नृत्य गर्न सक्छन् ।

भ्रम ३ : जोसुकैले जुम्बा सिकाउन सक्छन्
यथार्थ : लाइसेन्स पाएका प्रशिक्षकले मात्रै जुम्बाका सही स्टेप सिकाउन सक्छन् । संगीतमा नाच्नुबाहेक यहाँ अन्य केही पक्षलाई पनि ध्यान दिइन्छ । जुम्बाको प्रशिक्षक बन्नका लागि ठूलो अभ्यास र सिद्धता चाहिन्छ । सबैले जुम्बा सिकाउन सक्दैनन् । जुम्बा ट्रेनरले मानिसको शरीरका र उनीहरूका रोगका विषयमा पनि जानकारी राखेका हुन्छन् र त्यहीअनुसार कसले कस्तो स्टेप गर्ने भनेर सिकाउँछन् । मानिसको स्वास्थ्यमा असर नगरोस् भन्ने उनीहरूको चासो हुन्छ ।