१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७९ असोज ५ बुधबार १०:५७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङमा ६ वटा मतदान केन्द्र थपिए

थपिएको संख्यासँगै १ सय २८ मतदान स्थल र १ सय ८६ मतदान केन्द्र पुगे

Read Time : > 1 मिनेट
२०७९ असोज ५ बुधबार १०:५७:००

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ का लागि लमजुङमा एक सय २८ मतदानस्थल र एक सय ८६ वटा मतदान केन्द्र कायम गरेको छ। स्थानीय निर्वाचनपछि लमजुङमा ६ वटा मतदान केन्द्र थपिएका छन् । थपिएका मतदान केन्द्रहरूमा दोर्दी गाउँपालिका ६ भगवान् आधारभूत विद्यालय कीर्तिपुर, दोर्दी वडा ६ कै युल्सा तामाङ सामुदायिक भवन ढोडेनी, दोर्दी ६ हिमालय क्षेत्र सिं आधारभूत विद्यालय दुवार, बेँसीसहर नगरपालिका– ११ बाल विकास मावि रामचोकबेँसी, मध्यनेपाल नगरपालिका– ८ विश्वज्योति आधारभूत विद्यालय मजुवाबेँसी र सुन्दरबजार नगरपालिका– ८ अकला आधारभूत विद्यालय अकला रहेको  निर्वाचन कार्यालय लमजुङले जनाएको छ ।
 
एउटा मात्रै संघीय निर्वाचन क्षेत्र रहेको लमजुङमा प्रदेश सभाका लागि दुईवटा निर्वाचन क्षेत्र रहेका छन् । प्रदेश सभा ‘क’तर्फ ६७ मतदानस्थल र ९१ मतदान केन्द्र रहेका छन् । त्यस्तै ‘ख’तर्फ ६१ मतदानस्थल ९५ केन्द्र रहेका छन् । लमजुङमा जम्मा एक लाख ३३ हजार पाँच सय ५९ मतदाता रहेका छन् । स्थानीय निर्वाचनपछि दुई हजार ६५ मतदाता नयाँ थपिएका निर्वाचन कार्यालयका सूचना अधिकारी जीवाखर शर्माले बताए । जिल्लामा यससँगै ६८ हजार २ सय ८८ महिला मतदाता रहेका छन् भने ६५ हजार दुई सय ७१ पुरुष मतदाता रहेका छन् । 

प्रदेश सभा ‘क’तर्फ महिला मतदाता ३१ हजार आठ सय ७२ रहेको छ भने ३१ हजार सात सय तीन पुरुष मतदाता गरी ६३ हजार पाँच सय ७५ मतदाता रहेका छन् । त्यस्तै प्रदेश सभा ‘ख’तर्फ ३६ हजार चार सय १६ महिला र ३३ हजार पाँच सय ६८ पुरुष गरी ६९ हजार नाै सय ८४ मतदाता रहेका जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटाले बताए । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा लमजुङमा एक लाख ३१ हजार चार सय ९४ मतदाता रहेका थिए ।