बारा २ को उपनिर्वाचनका क्रममा मतदान केन्द्रबाहिर होहल्ला गर्ने चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बारा प्रहरी प्रमुख एसपी होविन्द्र बोगटीका अनुसार देवताल गाउँपालिका– २ कल्याणपुरस्थित मतदान केन्द्रबाहिर होहल्ला गरिरहेका छिमेकी जिल्लाका चारजनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो। पक्राउ परेकाहरू कुन दलसमर्थित हुन् भनेर खुल्न नसकेको एसपी बोगटीले बताए।
प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बारा २ मा शान्तिपूर्ण रूपमा मतदान भइरहेको बताए। ‘सबै मतदान केन्द्रमा शान्तिपूर्ण ढंगले मतदान जारी छ,’ उनले भने।