१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार o८:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गर्मी बढेपछि बुटवलका विद्यालयमा दुई दिन बिदा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o८:३७:oo

केही दिनयता लगातार गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिनका लागि बन्द गरिएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालका अनुसार विद्यालयहरूले गर्न पाउने वार्षिक बिदाबाट कट्टी हुने गरी यही वैशाख २० र २१ गतेका लागि बिदा दिइएको छ ।

केही दिनदेखि अत्यधिक गर्मी बढ्दै जानुका साथै तातो हावा पनि चल्न थालेकाले विद्यालयमा विद्यार्थीको स्वास्थ्यमा समेत गम्भीर असर पर्न सक्ने सम्भावना देखिएको भन्दै बिदा दिने निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ । गर्मी बढेपछि विद्यालय बन्द गरिए पनि कक्षा १२ का परीक्षाहरू भने यथावत् रूपमा सञ्चालन हुनेछन्।

ad
ad