१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार o९:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

रारामा रिसोर्ट निर्माणका लागि सम्झौता हुनु सुखद : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o९:o६:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङसँग एक्पर्ट ग्रुप अस्ट्रेलियाबीच रारामा रिसोर्ट निर्माणका लागि सम्झौता भएकोमा खुसी व्यक्त गर्दै पर्यटन प्रवद्र्धनका लागि नेपाल सरकारको सहयोग रहने बताका छन् । बुधबार बिहान रारा होल्डिङका प्रतिनिधिहरूसँगको कुराकानीमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । 

‘राराको मुर्माटपमा रिसोर्ट निर्माणका निम्ति भएको सम्झौता महत्वपूर्ण छ । नेपालमा समृद्धिका लागि प्रचुर सम्भावनाका क्षेत्रमध्ये पर्यटन एक महत्वपूर्ण क्षेत्र हो,’ प्रधानमन्त्री दाहालले भने, ‘त्यसका निम्ति पर्यटकका निम्ति पर्यटन पूर्वाधारमा राज्यले जोड दिनुपर्छ । तपाईंहरू निजी क्षेत्र आफैँले यसका निम्ति पहल लिनुभएकोमा म खुसी छु । यस रारामा आन्तरिक र बाह्य पर्यटनमा महत्वपूर्ण योगदान पुग्नेछ ।’

प्रधानमन्त्रीले रारामा पर्यटकको आकर्षणका निम्ति राज्यको तर्फबाट पूर्वाधार विकासमा सहयोग गर्ने विश्वाससमेत दिलाए ।
उनले भने, ‘रिसोर्ट निर्माणका निम्ति राज्यले समेत पूर्वाधार विकासमा भूमिका खेल्नेछ । मुख्यतः त्यहाँ पुग्ने सडक निर्माण, विद्युत् प्रसारण, खानेपानीलगायतका क्षेत्रमा नेपाल सरकारको तर्फबाट सहयोग हुनेछ । यो लगानीले नेपालमा पर्यटक भित्र्याउन मात्र सहयोग पुग्नेछैन । आन्तरिक राजस्वसमेत अभिवृद्धि हुनेछ ।’

भेटमा रारा होल्डिङ प्रालिका अभिषेकविक्रम शाह र एक्स्पर्ट ग्रुप अस्ट्रेलियाका सञ्जीव शर्माले लगानी सम्मेलनमा भएको सम्झौताबमोजिम निर्धारित समयमा नै काम सम्पन्न गरिने बताए । तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङ र एक्स्पर्ट ग्रुप अस्ट्रेलियाबीच रु एक अर्ब १० करोडको लागतमा रारामा अत्याधुनिक रिसोर्ट निर्माण गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

ad
ad