१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ५ बुधबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका नयाँ पत्रिका
२o७९ असोज ५ बुधबार o८:o२:oo
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

रक्तअल्पताबाट जोगिन के गर्ने ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, नयाँ पत्रिका
नयाँ पत्रिका
२o७९ असोज ५ बुधबार o८:o२:oo

रगतमा रहेको रातो रक्तकोषमा एक किसिमको पदार्थ हुन्छ ‘हेमोग्लोबिन’ । यसले हावामा भएको अक्सिजनलाई शरीरका विभिन्न अंगमा सञ्चार गराउने काम गर्छ । शरीरमा रातो रक्तकोष नै कम भयो भने रगतको कमी अर्थात् रक्तअल्पता हुन्छ । त्यस्तै, रातो रक्तकोष प्रशस्तै भए पनि हेमोग्लोबिन पर्याप्त मात्रामा भएन भने पनि रक्तअल्पता हुन्छ । रक्तअल्पता भएपछि शरीरका विभिन्न अंग, तन्तु तथा कोषिकाहरूले काम गर्न सक्दैनन् । जसकारण, शारीरिक र मानसिक विकासमा बाधा पुग्छ । रक्तअल्पता निरन्तर भइरह्यो भने मानिस मृत्युको जोखिममा पनि पुग्छ ।

रक्तअल्पताको कारण 
- रातो रक्तकोष ‘बोनम्यारो’ (हड्डी भित्रको मासी) मा बन्ने पदार्थ हो । ‘बोनम्यारो’ले राम्ररी काम गरेन भने रातो रक्तकोष कम हुन्छ । रातो रक्तकोष १ सय २० दिन मात्रै बाँच्छ । त्यसपछि यो फुट्छ र ‘बोनम्यारो’ले नयाँ रातो रक्तकोष बनाउँछ । यदि १ सय २० दिन पुग्नुअघि नै रातो रक्तकोष फुट्यो भने रक्तअल्पता हुन्छ । 
- कतिपय मानिसको शरीरमा ‘बोनम्यारो’ले राम्रोसँग काम गरेको हुँदैन । त्यसैले पनि रातो रक्तकोष कम बन्न सक्छ, जसकारण रक्तअल्पता हुन्छ । 
- शरीरमा रातो रक्तकोष पर्याप्त छ र बोनम्यारोलेपनि राम्ररी काम गरिहेको छ । तर, रातो रक्तकोषमा हुने हेमोग्लोबिनको मात्रा कम भयो भने पनि रक्तअल्पता हुन्छ । 
-कतिपयको शरीरमा हेमोग्लोबिनको बनावट नै नमिलेको हुन सक्छ । त्यस्तो अवस्थामा पनि रक्तअल्पता हुन सक्छ ।
- गर्भवती महिलाहरूले प्रशस्तै पोषणयुक्त आहार लिनुपर्छ । किनकि, उनीहरूले खाएको खानाले पेटभित्रको बच्चालाई पनि स्वस्थ राख्छ । गर्भावस्थामा खानपिन मिलेन भने महिलालाई रक्तअल्पता हुने सम्भावना रहन्छ । 
-महिनावारी भएको अवस्थामा प्रशस्त मात्रामा हेमोग्लोबिन बनाउने तत्वहरू आवश्यक पर्छ । हेमोग्लोबिनको मात्रा पुगेन भने रक्तअल्पता हुन्छ । 
-दीर्घरोग भएकाहरूमा हेमोग्लोबिन एकदमै घटेर जाने हुन सक्छ, जसले रक्तअल्पताको जोखिम निम्त्याउँछ ।

कस्तो खानेकुरा खाने ? 
- आइरन कम हुँदा हेमोग्लोबिन कम हुन्छ । त्यसैले शरीरलाई चाहिने ‘आइरन’युक्त खानेकुरा प्रशस्तै खानुपर्छ । हाम्रो घरमा पाइने रायो, पालुङ, चम्सुरलगायत सागसब्जीहरूमा प्रशस्त मात्रामा
आइरन हुन्छ । 
- माछा–मासु पनि खानुपर्छ । यसमा पनि आइरन प्रशस्त मात्रा हुन्छ । 
-प्रोटिनयुक्त खानेकुरा पनि खानुपर्छ । गेडागुडी, भटमासलगायतमा प्रोटिन अत्यधिक हुन्छ । प्रोटिन भएका खानेकुरा पर्याप्त मात्रा खायो भने रक्तअल्पता कम हुन्छ । फलफूल पनि प्रशस्तै खानुपर्छ । 
 आइरन मात्रै खाएर हेमोग्लोबिन बढ्ने होइन । शरीरलाई अरू तत्वहरूको पनि उत्तिकै महत्वपूर्ण छ । सन्तुलित खानेकुरा खानुपर्छ । कार्बाेहाइड्रेड पनि उत्तिकै महत्वपूर्ण छ ।
-पानी पर्याप्त पिउने गर्नुपर्छ ।
-नेपालमा मानिसहरूमा आइरन काम भएर हेमोग्लोबिन कम हुन्छ । त्यस्ता व्यक्ति बिरामी भइरहने, मुखमा घाउ भइरहने, ज्वरो आइरहने पनि हुन्छ । त्यसकारण आइरन पनि आवश्यक हुन्छ । 

उपचार : रक्तअल्पताका बिरामीलाई प्रायः आइरन, फोलिक एसिड र भिटामिन बी १२ दिइन्छ । आइरनयुक्त सागसब्जी र प्रशस्त मात्रामा फलफूल खान सल्लाह दिइन्छ, किनकि फलफूलमा पनि पर्याप्त मात्रामा आइरन हुन्छ ।