१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ४ मंगलबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज ४ मंगलबार १७:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डेंगु नियन्त्रण सरकारकाे प्राथमिकतामा परेन : गगन थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज ४ मंगलबार १७:५९:oo

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले महामारीको रूपमा फैलिएको डेंगु नियन्त्रणका लागि सरकारले चालेका काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। 

मंगलबारबाट काठमाडौंमा सुरु भएको नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका उनले स्थानीय सरकारले समेत डेंगु महामारी नियन्त्रणका लागि प्राथमिकता दिन नसकेको गुनासो गरे। 

कोभिडपछि पर्याप्त मात्रामा स्वास्थ्य क्षेत्रमा बजेटको व्यवस्था गरे पनि सरकारले आपतकालका वेला रोग नियन्त्रणका लागि आवश्यक संरचनाहरूको भने निर्माण गर्न नसकेको उनको भनाइ थियो। 

काठमाडौंमा सीमित रहेको डेंगु रोग देशभर फैंलिने क्रममा रहेको उल्लेख गर्दै महामन्त्री थापाले त्यसको नियन्त्रणका लागि तीनवटै तहका सरकारले गम्भीरतापूर्वक काम गर्नुपर्ने बताए। 

‘कोभिडबाट अहिले डेंगुको वेलामा आउँदा खेरी खासै धेरै कुराहरू सिक्न सकिएनछ हामीले। यत्रो ठूलो प्रकोपको रूपमा आइसकेपछि यो खाली स्वास्थ्य मन्त्रालयको मात्रै विषय होइन। हामीसँग रातारात आपतकालीन समयमा काम गर्ने संरचनाहरू छ कि छैन?’ उनले भने, ‘यो काठमाडौंमा मात्रै सीमित भएको कुरा देशभर फैलने क्रममा जुन छ। कोभिडबाट सिकेर सरकारले आवश्यक तयारी नगरेको देखियो । कोभिडलगत्तै नेपाल सरकारको निर्णय, त्यतिवेलाको बजेट आदिलाई हेर्ने हो भने पनि सरकारले स्वास्थ्य संरचनाहरूको निर्माणमा खासै चासो दिएका देखिएन वा सिक्न चाहेन।’

महामन्त्री थापाले रोग लाग्नै नदिने गरी स्वास्थ्य क्षेत्रमा सचेतना जगाउने गरी राजनीतिक दलहरूले पनि आगामी निर्वाचनको एजेन्डा बनाउनुपर्नेमा जोड दिए।