१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o८:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

ऐना झ्यालको पुतली ओस्कारका लागि सिफारिस

सुजित बिडारीको निर्देशनमा बनेको ‘ऐना झ्यालको पुतली’मा ०५० को दशकको ग्रामीण समाजको चित्रण गरिएको छ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:२७:oo

सुजित बिडारीको निर्देशनमा बनेको फिल्म ‘ऐना झ्यालको पुतली’ ९५औँ संस्करणको ओस्कार अवार्डका लागि सिफारिसमा परेको छ । ओस्कारमा नेपालका तर्फबाट फिल्म सिफारिस गर्न गठित इन्टरनेसनल फिचर फिल्म कमिटीले यस फिल्मलाई सिफारिस गरेको हो ।

कमिटीको सर्ट लिस्टमा  ‘प्रकाश’ र ‘राधा’ पनि परेका थिए । प्राविधिक पक्ष, कथ्यको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण तथा प्रस्तुतिको कलात्मक बनोट आदिलाई ध्यानमा राखेर ‘ऐना झ्यालको पुतली’लाई ओस्कारमा सिफारिस गरिएको कमिटीले जनाएको छ । 

‘ऐना झ्यालको पुतली’मा ०५० को दशकको ग्रामीण समाजको चित्रण गरिएको छ । बालकलाकार कञ्चन (लक्ष्मी) चिमरिया, दिनेश खत्री, विशाल चाम्लिङ राई, उमेश श्रेष्ठ र राज थापालगायतको अभिनय फिल्ममा छ । 

ad
ad