१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज ३ सोमबार ०६:०४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

इस्लिङ्टन कलेजका ६४ विद्यार्थीलाई छात्रवृत्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज ३ सोमबार ०६:०४:००

इस्लिङ्टन कलेजले एएए स्कलरसिप अवार्ड सेरेमोनी आयोजना गरी ६४ विद्यार्थीलाई छात्रवृत्तिका लागि छनोट गरेको छ । कलेजले यस शैक्षिक सत्रमा प्राज्ञिक, अनुशासन र सहभागिताका क्षेत्रमा उत्कृष्टता हासिल गर्न सफल विद्यार्थीहरूलाई छात्रृत्तिमार्फत पुरस्कृत गरेको हो । 

प्राज्ञिकता–शिक्षा, उपस्थिति र आचरणलाई एकै सूत्रमा बाँध्ने उद्देश्यसहित शैक्षिक शुल्कमा शतप्रतिशत छात्रवृत्ति पुरस्कारमार्फत विद्यार्थीलाई शैक्षिक सत्रभर उत्कृष्ट अध्ययन–अध्यापन गर्न प्रोत्साहित गर्नु छात्रवृत्तिको उद्देश्य रहेको कलेजको भनाइ छ । 

छात्रवृत्ति पुरस्कारको प्रथम संस्करणमा दुई सय ७८ विद्यार्थीले आवेदन दिएकोमा प्राज्ञिक सदस्यहरूले ६४ जना छनोट गरेको जनाइएको छ । कुल पुरस्कार राशि दुई करोड रुपैयाँको भएको कलेजले जनाएको छ । छनोट भएका विद्यार्थीलाई संस्थापक अध्यक्ष सुलभ बुढाथोकीले पुरस्कृत गरेको कलेजले जनाएको छ ।