१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज १ शनिबार
  • Wednesday, 02 July, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज १ शनिबार १७:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुको विकल्प छैन : अध्यक्ष यादव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज १ शनिबार १७:o७:oo

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संसद्ले दोहोर्याएर पारित गरेको नागरिकतासम्बन्धी विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गर्नुको विकल्प नरहेको बताएका छन्। संघीय संसद्को दुवै सदनले पुनः पारित गरेर पठाएको नागरिकतासम्बन्धी विधेयकले स्वतः ऐनको रूप लिने दाबी गर्दै उनले सो विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले रोक्न नमिल्ने तर्क गरे।

शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष यादवले सो विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण नभए मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्ने चेतावनी दिए। उनले भने, ‘कुनै पनि पार्लियामेन्टले दोहोर्याएर पारित गरेपछि त्यसले स्वतः ऐनको रूप लिन्छ। यसले संसदीय मर्यादाकै खिल्ली उडेको छ। संसद्ले पारित गरिसकेपछि तिनलाई प्रमाणीकरणबाट रोक्न मिल्दैन। यदि त्यसो गर्ने हो भने संसद्ले पारित गर्दै जाने तर त्यो प्रमाणीकरण नहुने हो भने के हाल हुन्छ, लोकतन्त्रको, संघीय व्यवस्थाको ? उनले भने, संघीय व्यवस्था, संसदीय लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्र नै खतरामा पर्न गएको छ। धरापमा पर्न जाँदै छ। यसका संकेतहरू देखिएका छन्। यसप्रति सचेत रहन जरुरी छ।’

सो क्रममा अध्यक्ष यादवले प्रतिनिधिसभाको पाँचवर्षे कार्यकाल सन्तोषजनक नरहेको टिप्पणी गरे। मधेसी, आदिवासी, जनजातिलगायतका सबै समुदायको स्वामित्व हुने गरी संविधान संशोधन गर्न प्रतिनिधिसभाले नसकेको उनको गुनासो छ।