१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २९ बुधबार
  • Friday, 05 July, 2024
२o७९ भदौ २९ बुधबार १६:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

लमजुङमा डेंगुको संक्रमण बढ्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ २९ बुधबार १६:oo:oo

लमजुङमा डेंगुको संक्रमण बढ्दै गएको छ। गत वर्षको तुलनामा यो वर्ष डेंगुका बिरामी धेरै देखिएका छन्। गत वर्ष आठजना संक्रमित देखिएकोमा पछिल्लो दुई महिनामै १० जनामा डेंगु संक्रमण देखिएको छ । 

स्वास्थ्य कार्यालयका अनुसार साउनमा ६ जना र भदौमा चारजनामा डेंगु संक्रमण देखिएको छ । जिल्ला अस्पतालमा नौजना र एकजना सुन्दरबजारस्थित नमुना सामुदायिक अस्पतालमा परीक्षण गर्दा डेंगु संक्रमण देखिएको स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीले बताए ।

जिल्ला अस्पताल प्रमुख हेमन्त श्रेष्ठका अनुसार तीन सय ७५ जना बिरामीको परीक्षण गरिएकोमा अस्पतालमा नौजनामा डेंगु देखिएको हो । डेंगुबाट बेँसीसहर नगरपालिकाका चारजना, राईनास र सुन्दरबजार नगरपालिकाका दुई–दुईजना साथै दोर्दी र मर्स्याङ्दी गाउँपालिकाका एक–एकजनामा डेंगु संक्रमण देखिएको छ ।

यसमा सात महिना, एक वर्ष र पाँच वर्षकादेखि ६० वर्षसम्मका छन् । पाँच पुरुष र पाँच महिलामा यस वर्ष डेंगु संक्रमण देखिएको उनले बताए ।
 

ad
ad
ad
ad