Skip This
डेंगु नियन्त्रण गर्न र सिटामोलको अभाव हुन नदिन सरकारलाई खबरदारी 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २९ बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ भदौ २९ बुधबार १२:५o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

डेंगु नियन्त्रण गर्न र सिटामोलको अभाव हुन नदिन सरकारलाई खबरदारी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ भदौ २९ बुधबार १२:५o:oo

राष्ट्रिय सभाका सांसदले महामारीको रूपमा फैलिँदै गएको डेंगु रोग नियन्त्रणका लागि विशेष ध्यान दिन सरकारसँग माग गरेका छन् । बुधबार बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै प्रमुख प्रतिपक्ष दल एमालेका सांसदद्वय देवेन्द्र दाहाल र गोपाल भट्टराई तथा सत्तारूढ माओवादी केन्द्रका सांसद मायाप्रसाद शर्माले डेंगु रोगको उपचारका लागि अतिआवश्यक रहेको सिटामोलको अभाव हुन नदिन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए।  

प्रमुख प्रतिपक्ष दल एमाले सांसद दाहालले बजारमा सिटामोलको अभाव भएको उल्लेख गर्दै तत्काल त्यसको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरे । उनले मिटरब्याजीहरूबाट पीडितलाई राहत दिनुको साटो सरकारले सुरक्षाकर्मी लगाएर दमन गर्ने काम गरेको भन्दै आपत्तिसमेत जनाए ।

सांसद दाहालले भने, ‘मिटरब्याजीहरूले आमजनतालाई ठगी गरिरहेको कुरा र व्यापक रूपमा मिटरब्याज असुल गर्दै ठगी गरेको कुरा आएको छ । तर, ती न्याय माग्न गएकाहरूलाई सरकारले उल्टै लाठी चार्ज गर्ने, उनीहरूको आवाज सुन्नुको साटो दमन गर्ने काम गरिरहेको छ । यस्तो काम अविलम्ब रोकियोस् भनेर म माग गर्न चाहन्छु । यो विषयमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु अध्यक्षज्यूमार्फत । र, अहिले सिटामोलको अभाव भएकाले देशमा त्यसको व्यवस्था अविलम्ब गरियोस् ।’

माओवादी केन्द्रका सांसद मायाप्रसाद शर्माले डेंगु रोग नियन्त्रणका लागि विशेष ध्यान दिन सरकारको गम्भीर ध्यानाकर्षण गराए । उनले बाढी र पहिरोबाट पीडित जनताका लागि तत्काल उद्धार र राहतको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए । सांसद शर्माले भने, ‘यो देशमा कोरोनासँगै डेंगु रोगले भयावह स्थिति सिर्जना भएको छ । र, औषधाेपचारको निम्ति समस्या छ भन्ने समाचार आइरहेको छ । यो व्यापक रूपमा फैलिँदै गएको र त्यसबारे सरकारले विशेष ध्यान दिनुपर्दछ । बाढीपहिरोबाट जनता आहात भएका छन् । उद्धार र खानपानको व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।’

एमालेका अर्का सांसद गोपाल भट्टराईले डेंगु रोगको उपचारका लागि सिटामोलको समेत अभाव भएको भन्दै त्यसको आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए । उनले भने, ‘अहिले सिटामोलसमेत प्राप्त नगरेको कुरा आएको छ । यो देशव्यापी भइसकेको छ ।’ सांसद भट्टराईले सरकारले जनताको स्वास्थ्य सुरक्षामा आवश्यक ध्यान दिन नसकेको आरोपसमेत लगाए ।