१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २६ आइतबार
  • Monday, 01 July, 2024
२o७९ भदौ २६ आइतबार o८:११:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

लिगलिगकोट म्याराथनको उपाधि तीर्थबहादुरलाई 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ २६ आइतबार o८:११:oo

दोस्रो लिगलिगकोट–सिरानचोक–गोरखा दरबार खुला म्याराथन दौड ०७९ को उपाधि त्रिभुवन आर्मी क्लबका तीर्थ तामाङले जितेका छन् । निर्धारित ४० किलोमिटरको दूरी तीन घन्टा ११ मिनेट एक सेकेन्डमा पार गर्दै तामाङले उपाधि जितेका हुन् । दौडमा सहभागी ९३ जनालाई पछि पारेका तीर्थले एक लाख ५० हजार नगद पुरस्कार प्राप्त गरे । 

गोरखाको इतिहास, मौलिक संस्कृति जगेर्ना गर्दै लैजाने र ऐतिहासिक मार्गहरूलाई एकीकृत टे«लको रूपमा विकास गर्न आयोजना गरिएको खुला म्याराथनमा भारतीय सेनाका अनिश थापामगर दोस्रो भए । आर्मीकै मोहनदेव जोशी तेस्रो भए । दोस्रो र तेस्रोले एक लाख र ७५ हजार नगद पुरस्कार प्राप्त गरे । 

म्याराथनको चौथो र पाँचौँ देवराज महतरा र गोविन्द कार्कीले क्रमशः ५० हजार र ३५ हजार पुरस्कार पाए । शीर्ष १० जनाभित्र पर्न सफल अर्जुन राई कुलुङ, थमबहादुर अधिकारी, अशोक बराम, रैबतबहादुर दाहाल र विमल खड्काले क्रमशः ३०, २५, २०, १५, १० हजार पुरस्कार जिते । 

काठमाडौं म्याराथनमा हरिकुमार पहिलो

चौथो काठमाडौं म्याराथनको उपाधि हरिकुमार रिमालले जितेका छन् । त्रिभुवन आर्मी क्लबका हरिले ४२.१९५ किलोमिटर दूरी २ घन्टा ४० मिनेट ४० सेकेन्डमा पूरा गरेका हुन् । उपाधिसँगै हरिले एक लाख नगद पुरस्कार जिते । दोस्रो आर्मीकै जुनेश खड्का भए । उनले निर्धारित दूरी २ घन्टा ४५ मिनेट ५९ सेकेन्डमा पूरा गरेका थिए । तेस्रो स्थान एपिएफका राजन चौधरीले प्राप्त गरे । दोस्रोले ५० हजार र तेस्रोले २५ हजार पुरस्कार पाए । यस्तै, राजा मेहता, मिलन तामाङ र नारायण बस्नेत क्रमशः चौथो, पाँचौँ र छैटौँ स्थानमा रहे ।

ad
ad
ad
ad